चितवन । ६५ औं प्रहरी दिवसको अवसरमा जिल्लाका दुई पत्रकार सम्मानित हुनु भएको छ । एटुजेड समाचारडटकमका प्रधान सम्पादक सूर्यप्रसाद अधिकारी र सिनर्जी एफएमका स्टेशन म्यानेजर रामकान्त पौडेल सम्मानित हुनु भएको हो ।
६५ औ प्रहरी दिवसको अवसरमा आज शुक्रबार भरतपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङ्गले संयुक्त रुपमा उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।
कोभिड १९ को संक्रमण जोखिम न्यूनिकरण एवं सामाजिक अपराध रोकथाम र नियन्त्रणमा खेलेको भूमिकाको मूल्यांकन गर्दै सम्मान गरिएको कुरा उक्त कदरपत्रमा उल्लेख छ । पत्रकार अधिकारी र पौडेल लामो समयदेखि चितवनमा रहेर पत्रकारिता गर्दै आउनु भएको छ ।