सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ५९ जनामा कोरोना संक्रमण पुष्टि


  •    न्युजभित्तो/२९ आश्विन २०७७, बिहीबार ०८:४९ 
  • चितवन । जिल्लामा बुधबार २८१ नमूना परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ वर्षीय बालकसहित थप ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाले जनाएको छ । यी मध्ये ५४ जना चितवनका र अन्य जिल्ला बाहिरका हुन् ।

    संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ३० जना रहेका छन् । जसमध्ये ३ वर्षीय बालकसहित १९ जना पुरुष र ११ जना महिला रहेका छन् । यस्तै राप्ती नगरपालिकाका २ पुरुष र ५ महिलागरी ७ जना, खैरहनी नगरपालिकाका २ पुरुष र ३ महिला गरी पाँच जना, माडी नगरपालिकाका २ जना पुरुष, रत्ननगर नगरपालिकाका एक पुरुष र ४ महिला गरी पाँच जना र कालिका नगरपालिकाका ३ पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै इच्छाकामना गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

    त्यसैगरी काठमाडौंका २ पुरुष, नवलपरासीको देवचुलीका १, तनहुँ र सर्लाहीका एक÷एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.