सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका चार ठाउँमा चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना


  •    न्युजभित्तो/२८ आश्विन २०७७, बुधबार ०८:२४ 
  • भरतपुर । नजिकिँदै गरेका चाडपर्व दशैँ, तिहार, छठलाई लक्षित गर्दै चितवनका चार स्थानमा यात्रु सहायताकक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मानिसको बढी भीडभाड हुने क्षेत्र नारायणगढको पुलचोक, पोखरा बसपार्क, केन्द्रीय बस टर्मिनल र मुग्लिङमा यात्रु सहायताकक्ष स्थापना गरेको हो ।

    चाडबाडका बेला समस्यामा परेका यात्रुलाई समयमै सहयोग गर्नका लागि यो कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख जयकृष्ण भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दशैँ तथा तिहार मनाउन जिल्लामा भित्रिने र बाहिरिने यात्रुहरुको सहजता र सुरक्षालाई मध्यनजर गरेर कक्षको स्थापना गरेका छौँ, चाडबाडको अवधिभर हामीले यसैबाट सहयोगी भूमिका निर्वाह गर्छौँ”, उहाँले जिल्ला प्रहरी कार्यालय चितवनको चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सहायता कक्ष निर्माण गरिएको बताउनुभयो ।

    सहायता कक्षको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले औनपचारिकरूपमा मङ्गलबार उद्घाटन गर्नुभयो । सरकारले नै औपचारिक कार्यक्रम नगर्न र उद्घाटनजस्ता कार्यक्रम नगर्न भनेपछि प्रजिअ भट्टराईले अनौपचारिकरुपमै कार्यको शुभारम्भ भएको घोषणा गर्नुभएको थियो । सो अवसरमा प्रजिअ भट्टराईले सरकारले जो जहाँ छन् त्यही बसेर चाडबाड मनाउन आग्रह गरिएकाले सोहीअनुरुप मनाउन आग्रह गर्नुभयो । उहाँले यसपटक विल्कुलै फरक तवरले चाडबाड मनाउनुपर्ने भएकाले सबैले सजगता अपनाएर मनाउन आग्रह गर्नुभयो । उहाँले यस सहायता कक्षले आपतविपतमा परेका यात्रुको व्यवस्थापन र यातायातमा अपनाइएको सुरक्षा मापदण्डका विषयमा समेत अनुगमन गर्ने प्रजिअ भट्टराईले बताउनुभयो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले चाडबाडमा हुने घटना हुन नदिन प्रहरी सतर्क रहेको बताउनुभयो । उहाँले चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत नै सहायता कक्ष स्थापना भएको भन्दै नागरिकको सुरक्षाका लागि प्रहरी कटिबद्ध रहेको बताउनुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष रामप्रसाद सुवेदीले सरकारको निर्देशनअनुरुप नै यातायात व्यवसायीले व्यवसाय सञ्चालन गर्ने बताउनुभयो । उहाँले चाडबाडका बेला बसमा हुने विभिन्न घटना रोक्न महासङ्घ पनि तयारी अवस्थामा रहेको भन्दै सयायता कक्षले सबैलाई सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

    चाडपर्व नजिकिँदै जाँदा सार्वजनिक सवारीमा हुनसक्ने यात्रुको भीडभाड, बढी भाडा लिने, यात्रु सिट क्षमताभन्दा बढी यात्रु चढाउने, टिकटमा कालोबजारी गर्नेजस्ता सवारी र यात्रुका विभिन्न समस्या तथा गुनासोलाई तत्काल सहायता कक्षले सहयोग गर्ने ट्राफिक प्रमुख भट्टले बताउनुभयो । यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी, जनपथ प्रहरी र यातायात व्यावसायीका प्रतिनिधि रहनेछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.