सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मकै सस्तिएपछि कुखुराको दानाको मूल्य घट्यो


  •    /४ जेष्ठ २०७६, शनिबार २३:३८ 
  • कृष्ण आचार्य

    भरतपुर (रासस) । कुखुराको दानाको मूल्य घटेको छ । दाना उद्योगीको काठमाडौँमा सम्पन्न भेलाले प्रतिकेजी २ रुपैयाँ ५० पैसाका दरले मूल्य घटाउने निर्णय गरेको हो ।

    दाना उत्पादनमा प्रयोग हुने मकैको मूल्य घटेकाले दानाको मूल्य घटाएको दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताउनुभयो । कुखुराको दाना बनाउन मकै, भटमास पिनालगायतका कच्चा पदार्थ आवश्यक हुन्छ । करीब ८० देखि ८५ प्रतिशत मकै, भटमास र पिना भारतबाट आयात हुने गरेको छ । “भटमास नेपालमा भुटेर खानसमेत पुग्दैन”, पुरीले भन्नुभयो, “सय प्रतिशत भटमास र पिना भारतबाट आयात गर्नुपर्ने बाध्यता छ ।”

    नेपालमा उत्पादित मकैले ३० प्रतिशत मात्रै माग पूर्ति गर्ने भएकाले ७० प्रतिशत मकै भारतबाटै आयात गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । “दानाको मूल्य घटेपछि किसानलाई धेरै राहत भएको छ”, पुरीले भन्नुभयो, “अझै मूल्य घट्नुपर्ने हो, तर त्यस अनुपातमा मकैको मूल्य घट्न सकेन ।” दाना बनाउन ६० प्रतिशत मकै र २५ प्रतिशत भटमास पिना आवश्यक हुन्छ । उहाँले मकैको मूल्य केही घटे पनि भटमास, पिना र ढुटोको मूल्य भ्mन महङ्गो भएको बताउनुभयो ।

    भरतपुरका पोल्ट्री किसान धर्मबहादुर कार्कीले दानाको मूल्य घटेपछि केही राहत मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “लागतअनुसार अझै अण्डाको मूल्य पाइएको छैन”, यस्तै अवस्था रहिरहे धेरै किसान विस्थापति हुने अवस्था छ ।” उहाँले राज्यले किसानलाई प्रोत्साहन गर्ने खालको योजना ल्याउन नसकेको धारणा राख्नुभयो । उहाँले किसानलाई ऋण सहुलियत दिने व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

    ब्रोइलर कुखुराको दाना (बीपीएच) किसान मूल्य प्रतिकिलो ६२ रुपैँया ५० पैसाबाट घटेर रु ६० पुगेको छ । यस्तै बिवान दाना ६१ रुपैयाँ ५० पैसाबाट घटेर रु ५९ पुगेको छ भने बिटु दाना रु ६० बाट घटेर ५७ रुपैयाँ ५० पैसा पुगेको छ । लेयर्स कुखुराको तीन नम्बरको दाना ५२ रुपैयाँ ५० पैसाबाट घटेर रु ५० पुगेको छ ।

    मकैको मूल्य प्रतिकिलो रु ४५ बाट घटेर रु ३५ मा झरेको हो । यसले प्रतिबोरा दानाको मूल्य रु १२५ घटेको छ । नेपालमा मकैको उत्पादन वर्षेनी घट्दै गएको छ भने भारतमा निर्भर हुनुपर्ने बाध्यता छ । ढुवानीका कारण चितवनमा एक रुपैयाँ सस्तो पाइन्छ ।

    गत वर्ष मकैको मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै वृिद्ध भएको भन्दै उद्योग सङ्घका पूर्वअध्यक्ष एवं कुखुरापालनविज्ञ डा तिलचन्द्र भट्टराईले भन्नुभयो, “यसले पोल्ट्री क्षेत्रमा उतारचढाव भयो ।” दाना उद्योगमा सधैंँ भारतको भर पर्नु परेका कारण समस्या सिर्जना हुने गरेको भट्टराईले बताउनुभयो । “भारतमा गत वर्ष मकैको मूल्य अकाशियो”, उहाँले भन्नुभयो, “विभिन्न देशमा निर्यात गर्ने भारतले आफैँ मकै आयात गर्नुपर्ने अवस्था आयो ।”

    सरकारले यस वर्षदेखि भन्सार छुट कटौती गरेपछि कच्चा सामग्री प्रतिकिलो एक रुपैयाँ ५० पैसाले महङ्गो पर्न गएको भट्टराईले बताउनुभयो । अहिले कच्चा पदार्थको ५ प्रतिशतसम्म कर लाग्ने गरेको उहाँले बताउनुभयो । सरकारले मकै उत्पादन गर्ने वातावरण बनाउन सके बजारको जिम्मा आफूहरूले लिने उद्योगी व्यवसायीले बताएका छन् ।

    नेपालमा दैनिक तीन हजार मेट्रिकटन दाना खपत हुन्छ । गत वर्ष मात्र रु ३० अर्बको मकै, भटमास आयात भएको थियो । नेपालमा साना ठूला गरी १०५ कुखुराको दाना उद्योग छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.