सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामुदायिक विद्यालयका छात्रालाई साइकल


  •    न्युजभित्तो/२१ आश्विन २०७७, बुधबार ०८:२२ 
  • भरतपुर । भरतपुर महानगरपालिकाले ‘जोखिममा परेका महिलासँग मेयर कार्यक्रम’ अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण थालेको छ । पहिलो चरणमा मङ्गलबार महानगरका पाँच वडाका १३५ छात्रालाई साइकल वितरण गरिएको हो । जसमा वडा नं ६, १३, २२, २३ र २४ का १७ विद्यालयका छात्रा छनोटमा परेका थिए ।

    भरतपुर महानगरपालिका वडा नं २२ को राष्ट्रिय आधारभूत विद्यालय धनौजीमा आयोजित कार्यक्रममार्फत भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले साइकल वितरण शुभारम्भ गर्नुभयो । विद्यालय शिक्षामा छात्रालाई शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरी छात्रालाई साइकल वितरण गरिएको प्रमुख दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाभित्रका विपन्न, गरिब र जोखिममा परेका परिवारका छात्रालाई साइकल वितरण गरेका छौँ, आगामी दिनमा यसलाई निरन्तरता दिनेछौँ ।” उहाँले दैनिक ज्यालादारी काम गरेर खाने श्रमिकका परिवारलाई प्राथमिकता दिइएको बताउनुभयो । “वडाको सिफारिसका आधारमा विद्यालय छनोट गरेका हौँ”, उहाँले भन्नुभयो, “सही सदुपयोगका लागि अनुगमनसमेत गरेका छौँ ।”

    उहाँले साइकल विरतणपछि टाढा–टाढाबाट विद्यालय आउने छात्राका लागि सहज हुने बताउनुभयो । उहाँले साइकल वितरणपछि छात्रालाई नियमित विद्यालय आउन उत्प्ररित गर्ने धारणा राख्नुभयो । शिक्षा क्षेत्रको विकासमा महानगरपालिकाले चालेको कदम हरेक विपन्न वर्गले अनुभूति गर्ने खालको हुने उहाँको भनाइ छ । दाहालका अनुसार महानगरपालिकाभित्रका १२ वडाका विभिन्न विद्यालयका ३३० छात्रालाई क्रमशः साइकल वितरण गरिनेछ ।

    महानगर उपप्रमुख पार्वती शाह ठकुरीले विपन्न परिवारका छात्रालाई लक्ष्य गरी गरिएको यो कार्यक्रमले छात्रालाई विद्यालयमा निरन्तरता गराउन धेरै प्रभावकारी हुने बताउनुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले भरतपुर महानगरका विद्यालयको शैक्षिकस्तरदेखि भौतिक सुधारमा महानगर लागिपरेको र सरकारी विद्यालयलाई विद्यार्थीको प्रमुख रोजाइको केन्द्रका रूपमा विकास गर्ने गरी काम भइरहेको बताउनुभयो ।

    महानगरले आफ्नो आन्तरिक स्रोतबाट मात्रै रु नौ करोडभन्दा बढी रकम शैक्षिक विकासमा विनियोजन गरी काम थालेको र केन्द्र तथा प्रदेश सरकारबाट पनि शिक्षामा पर्याप्त बजेट आएको उहाँले जानकारी दिनुभयो । गत वर्ष पनि महानगरपालिकाले ‘बालबालिकासँग मेयर कार्यक्रम’ अन्तर्गत न्यानो कपडा र पाठ्यपुस्तक वितरण गरेको थियो । महानगरपालिकाले यो कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिँदै आएको छ । कार्यक्रममा उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापकलगायतको सहभागिता थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.