चितवनमा थप २० जनामा संक्रमण पुष्टि, १८ जना जिल्लाका
न्युजभित्तो/१९ आश्विन २०७७, सोमबार १७:५५
चितवन । जिल्लामा थप २० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा सोमबार गरिएको २०८ स्वाबको नमूना मध्ये २० जनामा पोजेटिभ आएको हो ।
प्रयोगशालाका प्रमुख डा. नितु अधिकारीका अनुसार भरतपुर महानगरपालिका वडा नं. २, ४, १० र ११ का ७ पुरुष र २ महिला, ईच्छाकामना गाउँपालिका वडा नं.४ का एक पुरुष, खैरहनी नगरपालिका वडा नं. १, ६, ८ र ९ का तीन पुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको छ । यसैगरी रत्ननगर नगरपालिका वडा नं. १३ का एक महिला कालिका वडा नं. ८ का एक महिलामा पनि संक्रमण पुष्टि भएको छ ।
नवलपरासी मध्यविन्दु नगरपालिका वडा नं. २ का एक महिला र दाङको तुलसीपुरका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।