मदन भण्डारीको शव प्राप्त भएको दिनमा गाजीपुरमा श्रद्धाञ्जली सभा र निःशुल्क स्वास्थ्य शिविर
/४ जेष्ठ २०७६, शनिबार २१:५४
चितवन । मदन भण्डारी फाउण्डेशन चितवन र मदन भण्डारी स्मृति पार्कको संयुक्त आयोजनामा आईतबार गाजीपुरमा निःशुल्क स्वास्थ्य शिविर र श्रद्धाञ्जली सभा हुने भएको छ ।
फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईका अनुसार आईतबार बिहान ११ बजे गाजीपुरमा तीन नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागिएको हो ।
फाउण्डेशनका बरिष्ठ उपाध्यक्ष शम्भु सुवेदीका अनुसार मदन भण्डारीको शव प्राप्त भएको दिनको सम्झनामा गाजीपुरमै स्वास्थ्य शिविर राखिएको छ । स्वास्थ्य शिविरमा चितवन मोडेल अस्पतालका चिकित्सकहरुले जनरल चेकअप, नसा तथा हाड रोगको परीक्षण गर्नुका साथै क्यान्सर सम्बन्धी सचेतना प्रदान गर्ने सुवेदीले जानकारी दिनुभयो । शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराउन उहाँले सर्वसाधारणलाई आव्हान पनि गर्नुभयो ।
फाउण्डेनका सचिव श्याम बिष्टले २६ औं मदन आश्रित स्मृति दिवसको सन्दर्भमा मदन भण्डारीको शव प्राप्त भएको दिन र स्थानमा कार्यक्रम गरी उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्न लागिएको बताउनुभयो ।
बहुदलीय जनवादका ब्याख्याता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो । जीवराज आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने मदन भण्डारीको घटनास्थलदेखि धेरै तल गाजीपुरमा नारायणी नदी किनारमा जेठ ५ गते शव भेटिएको थियो ।
चितवन ।
मदन भण्डारी फाउण्डेशन चितवन र मदन भण्डारी स्मृति पार्कको संयुक्त आयोजनामा आईतबार गाजीपुरमा निःशुल्क स्वास्थ्य शिविर र श्रद्धाञ्जली सभा हुने भएको छ ।