सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार नारायण अधिकारी दम्पत्तिलाई कोरोना सङ्क्रमण


  •    न्युजभित्तो/१५ आश्विन २०७७, बिहीबार ०७:३४ 
  • भरतपुर । राष्ट्रिय समाचार समिति(रासस) चितवनका प्रमुख नारायण अधिकारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासङ्घ चितवनका उपाध्यक्षसमेत रहनु भएका अधिकारीको बुधबार चितवन मेडिकल कलेजको कोभिड–१९ ल्याबमा गरिएको स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    यस अघि मङ्गलबार उहाँकी श्रीमती सुजाता पोखरेललाई सङ्क्रमण पुष्टि भएको थियो । उहाँहरु दुवै जना होम आइसोलेसनमा रहनु भएको छ । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नियमित रिपोटिङमा हिड्ने क्रममा आफू सङ्क्रमित भएको अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो स्वास्थ्य अवस्था अहिले सामान्य छ, हल्का टाउको दुख्नु बाहेक अन्य लक्षण देखिएको छैन ।” चितवनमा बुधबार एकैदिन ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.