सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निषेधाज्ञा हटेसँगै चितवनमा कोरोना संक्रमित बढ्दै, एकैदिन ८४ जनामा संक्रमण पुष्टि


  •    न्युजभित्तो/१४ आश्विन २०७७, बुधबार २१:५४ 
  • चितवन । जिल्लामा निषेधाज्ञा हटेसँगै संक्रमितको संख्या पनि बढ्दै गएको छ । यहाँका दुई वटा ल्याबमा बुधबार गरिएका स्वाब परीक्षणमा एकै दिन ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा २३ र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा ६१ जना गरी ८४ जनामा संक्रमण पुष्टि भएको छ।

    भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २२ जनासहित २३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा भरतपुर महानगरपालिकाका ४ पुरुष र ३ महिला गरी ७ जना, राप्ती नगरपालिका–६ का ३ पुरुष र एक महिला गरी चार जना, खैरहनी नगरपालिका–५ र ६ का २ पुरुष र ३ महिला गरी ५ जना र रत्ननगर नगरपालिकाका विभिन्न वडाका २ पुरुष र ४ महिला गरी ६ जनामा संक्रमण पुष्टि भएको छ । नवलपरासीको कावासोती नगरपालिका–३ का १ महिलामा संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख डा. नितु अधिकारीले जानकारी दिनुभयो ।

    यस्तै चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा चितवनका ५२ जना र ९ जना विभिन्न जिल्लाका छन् । चितवनका संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ४३ जना रहेका छन् । यस्तै रत्ननगर नगरपालिकाका ५ जना, खैरहनी नगरपालिका २ जना, राप्ती र माडी नगरपालिकाका एक÷एक जना रहेका छन् ।

    यसैगरी तनहुँका २, नवलपुर गैंडाकोटका २ जना, कैलालीका २ जना र लमजुङ, बारा, मकवानपुरका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ । सर्वसाधारणले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना नगर्दा संक्रमित थपिंदै गएका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.