सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको इच्छाकामनामा निर्माणाधीन वृद्धाश्रमका लागि आर्थिक सहयोग


  •    न्युजभित्तो/११ आश्विन २०७७, आईतवार ११:२६ 
  • मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित इच्छाकामना मन्दिर परिसरमा निर्माण भइरहेको वृद्धाश्रमका लागि रु एक लाख सहयोग प्राप्त भएको छ । इच्छाकामना–४ कुरिनटारका हरिबहादुर थापा र उहाँका धर्मपत्नी तुलसा थापाले शनिबार मन्दिर संरक्षण समितिका अध्यक्ष बुद्धिप्रसाद सिलवाललाई चेक हस्तान्तरण गर्नुभएको हो ।

    सो अवसरमा थापाले वृद्धाश्रम तथा सामाजिक कार्यका लागि निर्माण भइरहेको भवनका लागि सहयोग गरिएको बताउनुभयो । उहाँले मन्दिर समितिको कामको प्रशंसा गर्दै आगामी दिनमा आफूले सक्ने जुनसुकै सहयोगलाई निरन्तरता दिने बताउनुभयो । उहाँले उक्त भवन निर्माणका लागि आ–आफ्नो तर्फबाट सकेको जति सहयोग गर्न पनि आग्रह गर्नुृभयो ।

    मन्दिर समितिका अध्यक्ष सिलवालले वृद्धाश्रम भवन निर्माणका लागि सहयोग गरेकामा धन्यवाद दिनुभयो । उहाँले विगतका दिनहरुमा पनि थापाले विभिन्न सहयोग गर्दै आइरहेको बताउनुभयो । यो भवन निर्माणका लागि केही रकम गाउँपालिकाबाट पनि प्राप्त भएको बताउनुभयो । रु एक करोड लागत अनुमान गरिएको वृद्धाश्रामसहित भक्तजनका लागि निर्माण गरिरहेको उक्त भवनका लागि अहिले भक्तजनले नै सहयोग गरिरहेको बताउनुभयो ।

    अध्यक्ष सिलवालका अनुसार केन्द्रीय राजधानी आवजातव गर्ने धार्मिक पर्यटकहरु यस मन्दिर परिसरमा बास बस्ने गर्छन् । त्यसकारण यहाँ धार्मिक पर्यटकका लागि भवन निर्माण आवश्यक रहेको उहाँको भनाइ छ । वृद्धाश्रमसँगै धार्मिक पर्यटकहरु बास बस्न सहज हुने भवन निर्माण हुने मन्दिर समितिले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.