सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

७९ वर्षिय पुष्पराज भट्टराईले जित्नुभयो कोरोना


  •    न्युजभित्तो/९ आश्विन २०७७, शुक्रबार १०:५९ 
  • चितवन । भरतपुर महानगरपालिका–५ का कृष्णचन्द्र भट्टराईका बुवा ७९ वर्षीय पुष्पराजले कोरोना जित्न सफल हुनुभयो । लामो अस्पतालको बसाइपछि डिस्चार्ज हुँदै गर्दा अस्पतालमा तिर्नुपर्ने रकम रु चार लाखभन्दा माथि भयो । चितवन मेडिकल कलेजबाट बुवाको डिस्चार्ज गर्दैगर्दा तिर्नुपर्ने रकम देखेर भट्टराई झसङ्ग हुनुभयो ।

    उहाँले अस्पतालमा राखेको धरौटी रु ३३ हजारबाहेक बिल रु चार लाख दुई हजार ४० थियो । उहाँलाई अस्पतालमा भर्नापछि छातीमा सङ्क्रमण देखिएपछि सघन उपचारकक्षमा भेन्टिलेटरमा राखेरसमेत उपचार गरिएको तर रकमको जोहो गर्न नपाउँदै उहाँलाई थाहा भयो, चितवन मेडिकल कलेजले कोरोना सङ्क्रमितका लागि निःशुल्क उपचार गर्दै आएको छ । भट्टराईले बुवालाई खाना नरुचेर कमजोर भएपछि भदौ ११ गते चितवन मेडिकल कलेज लैजानुभएको हो । त्यसको भोलिपल्ट उहाँमा कोरोना सङ्क्रमण देखिएको थियो ।

    भट्टराईले भन्नुभयो, “मेडिकल कलेजले सङ्क्रमितको उपचार निःशुल्क गरेकै कारण मजस्ता धेरैले उपचार खर्च जुटाउनु परेन ।” वृद्ध बुवाले कोरोना जितेको र निःशुल्क उपचार पाएकामा उहाँले खुशी प्रकट गर्नुभयो । सो मेडिकल कलेज कोरोना उपचार र परीक्षणमा अग्रणी स्थानमा रहेको छ । अस्पतालले हालसम्म २२९ सङ्क्रमितको उपचार गरेको छ । जसमध्ये अस्पतालमा ७२ जना उपचाररत रहेका छन् ।

    अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले सरकारले गरेको निर्देशनअनुरुप कोरोना सङ्क्रमितको उपचार सम्बन्धित बिरामीको परिवारलाई निःशुल्क गरिएको बताउनुभयो । कोरोना सङ्क्रमित बढ्दै गएका कारण अस्पतालको स्रोत साधन उनीहरुको उपचारमा लगाइएको उहाँको भनाइ छ । कतिपय बिरामीले अन्य समस्या पनि कोरोना सङ्क्रमण देखिएपछि निःशुल्क गर्न दबाब दिएको भन्दै उहाँले त्यो सम्भव नरहेको बताउनुभयो । जिल्लामा सो मेडिकल कलेजसहित कोरोनाको उपचार भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र पुष्पाञ्जली अस्पतालले गरिरहेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.