चितवनमा थपिए २३ जना कोरोना संक्रमित, सात महिने बालिका समेत संक्रमित
न्युजभित्तो/५ आश्विन २०७७, सोमबार २१:४८
चितवन । जिल्लामा आज सोमबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २२ र बाराका एक जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा खैरहनी नगरपालिकाका १५ जना, भरतपुर महानगरपालिकाका ४ जना, रत्ननगर नगरपालिकाका ३ जना रहेका छन् । संक्रमण पुष्टि हुनेमा खैरहनीका ७ महिने बालिका समेत रहेकी छिन् । यस्तै बाराको जितपुर–१५ का ६८ वर्षीय पुरुषको पनि संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।