पाँच किलोमा मोटरसाईकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर
न्युजभित्तो/५ आश्विन २०७७, सोमबार १९:१६
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको पाँच किलोमा सोमबार बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाका अनुसार ईच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित सडकमा मोटरसाईकल आफै अनियन्त्रण भई दुर्घटना भएको हो ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग ५ प ५०६४ नम्बरको मोटरसाईकल दुर्घटनामा परेको उहाँले जानकारी दिनुभयो । घटनामा परी मोटरसाईकलमा सवार शहरी लखन थापा गाउँपालिका ५ गोरखा निवासी वर्ष ४५ का सुनबहादुर थापामगरको मृत्यु भएको छ । मोटरसाईकल चालक सोही स्थान बस्ने वर्ष १८ का परण आले मगर गम्भीर घाईते भएका छन् ।
थापाका अनुसार दुर्घटनामा परी गम्भीर घाईते भएका सुनबहादुरको कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो भने परणको सोही अस्पतालमा उपचार भईरहेको छ ।