कालिका एफएम र कालिका एचडीको वार्षिकोत्सव भर्चुअल माध्यमबाट (कार्यक्रमको सूचिसहित)
न्युजभित्तो/४ आश्विन २०७७, आईतवार १९:३०
चितवन । चितवनबाट सञ्चालित कालिका एफएमको १८ औं तथा कालिका एचडीको छैटौँ वार्षिकोत्सव कार्यक्रम भर्चुअल माध्यमबाट गरिने भएको छ । कालिका मिडियाद्वारा सञ्चालित दुई सञ्चारमाध्यमले यस बर्षको वार्षिकोत्सव भर्चुअल माध्यमबाट मनाउन लागेका हुन् ।
२०५९ साल असोज २६ गते औपचारिक प्रसारणमा आएको कालिका एफएम १८ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गर्दै छ । कालिका ग्रुपका अध्यक्ष विक्रम पाण्डेले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै यस वर्षका वार्षिकोत्सवका कार्यक्रम सूचना प्रविधिको भरपुर उपयोग गर्दै अनलाइनका माध्यमबाट गर्न लागिएको जानकारी दिनुभएको छ।
कोरोना भाइरसका कारण सिर्जित परिस्थितिले कार्यक्रम भर्चुअल रुपमा गर्न लागिएको हो । असहज परिस्थितिमा समेत सूचना, समाचार र मनोरेञ्जनको क्षेत्रमा कालिकाको निरन्तरताप्रति सबैको सहयोग र हौसलाप्रति आभारी रहेको पाण्डेले बताउनुभएको छ ।
कोभिड–१९ संक्रमण नेपालमा तीव्ररुपमा फैलिरहदा समेत आफ्नो कर्ममा डटेर अग्रपंक्तिमा रही काम गर्ने सबै सञ्चारकर्मीलाई उहाँले उच्च सम्मान व्यक्त गर्नुभएको छ । स्थापनाकालदेखिनै कालिका एफएमले उल्लासमय वातावरणमा वार्षिकोत्सवका कार्यक्रम गर्दै आइरहेको स्मरण गराउँदै उहाँले विगतका केही कार्यक्रम आगामी वार्षिकोत्सवदेखि निरन्तरता दिने गरी यो वर्ष केही पृथक कार्यक्रम भर्चुअलबाट गरिने जानकारी गराउनुभयो ।
राष्ट्रिय पञ्चैबाजा तथा गन्धर्व बाजा प्रतियोगिता, राष्ट्रिय लाकदोहोरी महोत्सव, कालिका म्युजिक अवार्ड लगायतका विगतका वार्षिकोत्सवमा गरिदै आएका कार्यक्रमलाई सहज परिस्थिति सृजना भएपछि निरन्तरता दिइने कालिका मिडियाका निर्देशक दिपक पौडेलले जानकारी दिनुभयो ।
कालिका मिडिया अन्तरगत कालिका एफएम २०५९ देखि, सांगितिक रेडियो कालिका ९१ २०६४ देखि र कालिका एचडी टेलिभिजन २०७१ सालदेखि, सुरुवातदेखिनै कालिका न्यूज डटकम सञ्चालनमा छन् ।
यस्ता छन् कालिका मिडियाका वार्षिकोत्सव कार्यक्रमहरु :
असोज ८ देवघाटस्थित वृद्धाश्रममा रहेका जेष्ठनागरिकलाई खाना खुवाउँदै आर्शिवाद लिएर वार्षिकोत्सवका कार्यक्रम सुरु हुनेछन् ।
असोज ८ देखि २५ गतेसम्म फोन, भाइबर कलबाट कालिकाको चौतारीमा कलाकार, श्रोता र दर्शक कार्यक्रम सञ्चालन हुनेछ ।
९ गते ‘कृषिमा आधुनिकरण र अवसर’, बिषयमा वादविवाद प्रतियोगिता
१० गते अपांगता भएका व्यक्तिबीचको वादविवाद प्रतियोगिता, १२ गते वर्तमान अवस्थामा शिक्षा क्षेत्रका चुनौती, समस्या र समाधान विषयक अन्र्तक्रिया,
१४ गते बढ्दै गएको एसिड आक्रमण र सरोकारवालाको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम सूचना प्रविधिको प्रयोग गरी चलाइने छ ।
१६ गते कालिकासँगका यादहरु
१७ गते अन्र्तराष्ट्रिय साहित्यिक सम्मेलन
१९ गते कोभिड–१९ र स्वास्थ्यकर्मीको अनुभव तथा बृहत अन्तरक्रिया