सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन मेडिकल कलेजमा उपचाररत १७ वर्षिया युवतीसहित दुई सङ्क्रमितको मृत्यु


  •    न्युजभित्तो/४ आश्विन २०७७, आईतवार १८:४५ 
  • चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कलेजका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिकाका पुरुष र हेटौंडा उपमहानगरपालिकाकी महिला रहेका छन् । कलेजमा उपचार क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० की १७ वर्षीया युवती रहेको कलेजका निर्देशक प्राडा दयाराम लम्सालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार गत भदौ २२ गते ज्वरो र स्वाशप्रस्वासमा समस्या आएर अस्पताल भर्ना भएकी उनमा भदौ २४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

    यस्तै सोही कलेजमा उपचारका क्रममा चितवनका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुष रहेका छन् । निर्देशक लम्सालका अनुसार गत भदौ २६ गते स्वासप्रश्वास तथा निमोनियाको समस्या भई अस्पताल भर्ना भएका उनको असोज ३ गते कोरोना पुष्टि भएको थियो ।

    उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालले जनाएको छ । उक्त अस्पतालमा हालसम्म १४ जना सङ्क्रमितको मृत्यु भईसकेको छ । जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । जसमध्ये १८ चितवनका हुन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सालक बागमती प्रदेशको गौरव
    सुनचाँदीको मूल्य अस्थिर
    रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.