चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड शुक्रबार पनि अवरुद्ध बनेको छ । भरतपुर महानगरपालिका वडा नं. २९ केराबारी र घुमाउनेको बीचमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहान ५ बजेको समयमा खसेको पहिरो पन्छाउन चार/पाँच घण्टा समय लाग्ने देखिएको छ । उक्त सडक खण्डका अन्य दुई/तीन ठाउँमा साना पहिरा खसेका थिए । ती पहिरा भने पन्छाईएको छ । उक्त सडक खण्डमा दैनिकजसो पहिरो जाने क्रम रोकिएको छैन ।