चितवनका दुई ल्याबमा गरिएको परीक्षणमा एकै दिन २३३ जनामा कोरोना संक्रमण पुष्टि
न्युजभित्तो/१ आश्विन २०७७, बिहीबार २३:४६
चितवन । जिल्लामा अहिलेसम्म धेरै २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको ल्याब र भरतपुर अस्पतालको कोभिड १९ ल्याबमा गरिएको परीक्षणमा यो संख्यामा संक्रमित भेटिएका हुन् ।
चितवन मेडिकल कलेजमा बिहीबार गरिएको पिसीआर परीक्षणमा २ सय २१ जनामा कोरोना पुष्टि भएको छ । भरतपुर अस्पतालबाट नमुना पठाईएकोमा १ सय ८४ जना र सोही कलेजमा नमुना संकलन गरिएका नमुनामा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको कलेजले जनाएको छ ।
कलेजका अनुसार बिहीबार ६ सय २७ जनाको परीक्षण गरिएकोमा सो संख्यामा कोरोना पुष्टि भएको हो । भरतपुर कोभिड १९ प्रयोगशालाले बिहिबार बिहान र साँझ गरेर १२ जनामा संक्रमण पुष्टि गरेको थियो । यो संगै बिहिबार मात्रै जिल्लामा २ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् ।