सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जीन बैँकलाई दिए ११० जातको रैथाने धानको बीउ


  •    न्युजभित्तो/१ आश्विन २०७७, बिहीबार १९:०१ 
  • रत्ननगर (चितवन) । “हुलमुलमा जीउ जोगाउनू अनिकालमा बीउ जोगाउनू” यो चर्चित नेपाली उखानलाई व्यवहारमा लागू गर्न १२ वर्षदेखि गरिएको एउटा किसानको विशेष जमर्कोले रङ देखाउन थालेको छ । किसानको आफ्नो निजी जमर्कोले ११० जातको रैथाने धानको बीउ संरक्षण भएका छन् । चितवन भरतपुरका किसान चन्द्रप्रसाद अधिकारीले गाउँ गाउँबाट सङ्कलन गरेर ल्याएका रैथाने धानको बीउ सुरक्षित तवरले संरक्षण गर्नुभएको छ ।

    विसं २०६४ मा सात जातको धानको बीउबाट शुरु गर्नुभएको रैथाने जातको धानको बीउ संरक्षण गर्ने अभियानमा लाग्नुभएका उहाँले ११४ जात पु¥याउनुभयो । “दुई सय जात प¥याउँछु भन्ने लक्ष्य राखेको थिए”, उहाँले भन्नुभयो, “उमेरले पनि ६३ पुगेँ । एक्लै यो काम गर्न कठिन भयो । परिवारबाट राम्रै सहयोग पाएका थिए ।” उहाँले धानको बीउ संरक्षण गर्न निफन्ने, सुकाउने र मुसाले नखाने गरी आफैं भण्डारण गर्दै आउनुभएको छ ।

    करिब दुई विघा क्षेत्रफलमा प्राङ्गारिक खेती प्रणालीबाट यो अवधिमा धान रोप्दा रु आठ लाख खर्च भएको उहाँको भनाइ छ । “नेपालका विभिन्न ठाउँमा पुगेर बीउ सङ्कलन गर्ने गरेको छु”, उहाँले भन्नुभयो, “कतिलाई उमार्न सकिनँ । कतिमा दाना नै नलाग्ने समस्या भयो ।” उहाँले यो वर्ष १७ जातको धान रोप्नु भएको छ ।

    अघिल्लो वर्ष भण्डार गरेर राखेको ११० रैथाने जातको धानको बीउ भने राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र ९जीन बैंक०को जिम्मा दिएको उहाँले बताउनुभयो । जीन बैंकमा सय वर्षका लागि सुरक्षित राख्न सक्ने कृषि वैज्ञानिकहरुको भनाइ छ । “जीन बैंकमा एक सय वर्षसम्म बीउहरु सुरक्षित राख्ने सहमति भएको छ”, अधिकारीले भन्नुभयो, “जुन जात चाहिन्छ, हामी उपलब्ध गराउँछु भन्नुभएको छ । रैथाने जात संरक्षण हुनुपर्छ भन्ने मेरो सोच पूरा भएको छ ।”

    उहाँका अनुसार नेपालमा २०० भन्दा बढी धानको जात पाइने र त्यसमध्ये ६० रैथाने र अन्य केही उन्नत तर अहिले स्थानीय भइसकेका छन् । अधिकारीले नेपालीहरुमा उन्नत जातको नाममा परनिर्भता बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । “उन्नत जातको धान लगाउने चलन व्यापक छ”, उहाँले भन्नुभयो, “अरुले बीउ दिए उत्पादन गर्न सक्छौँ । होइन भने खेत बाँझो राख्नुपर्ने अवस्था आउन सक्छ ।” रैथाने जातका धानलाई संरक्षण एवं प्रवद्र्धन गर्न नेपाल सरकारले अभियान नै चलाउनुपर्ने उहाँको भनाइ छ । उन्नत जातका बीउ खरीदका लागि वर्षेनी ठूलो रकम देश बाहिर जाने गरेको छ । उन्नत जातका धान केही वर्ष राम्रै उत्पादन भए पनि स्थानीय जातको धानमा पाइने पौष्टिक तत्व त्यसमा नपाइने उहाँको भनाइ छ ।

    जीन बैंकका प्रमुख डा कृष्णकुमार मिश्रले एकै कृषकबाट धेरै सङ्ख्यामा धानको जातको बीउ ल्याएको उहाँ पहिलो व्यक्ति भएको बताउनुभयो । “उहाँ एक उदारहणीय किसान हो”, उहाँले भन्नुभयो, “स्थानीय जातप्रति अधिकारीको धेरै झुकाव छ । उहाँलाई जति प्रशंसा गरेपनि पुग्दैन ।”
    जीन बैंकका अनुसार, कृषि र जैविक विविधताका दृष्टिले नेपाल विश्वको ३१औँ धनी देश हो । यहाँ उपलब्ध अन्न तथा अन्य बालीमध्ये सबैभन्दा बढी विविधता धानमा छ । धानका रैथाने जातिका २ हजार ३ सय भन्दा बढी बीउ छन् । प्रमुख मिश्रका अनुसार यी धान त पहिचान गरिएका स्थानीय जात मात्र हुन्, पहिचान हुन बाँकी स्थानीय जात धेरै हुन सक्छन् । उहाँले भन्नुभयो, ‘‘हामी स्थानीय जातका बीउमा विश्वमै धनी देशमा पर्छौं । तर सबै नेपाली जातका बीउ पहिचान गरेर सुरक्षित गर्न सकिएको छैन ।’’ रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.