सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दासढुङ्गामा मदन–आश्रितप्रति चढाइए श्रद्धाका फूल, ‘नेता कार्यकर्तामा त्यागको आवश्यकता’


  •    /३ जेष्ठ २०७६, शुक्रबार २१:१३ 
  • चितवन । २६औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले शुक्रबार दासढुङ्गामा श्रद्धाञ्जलि सभा सम्पन्न गरेको छ । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य काशिनाथ अधिकारीले जननेता मदन भण्डारीले परम्पराको शिलशिलालाई तोडेर जनताको बहुदलीय जनवादको सिर्जनात्मक प्रयोगबाट नयाँ ढङ्गले पार्टीलाई अगाडि बढाउनुभएको उल्लेख गर्नुभयो । सामाजिक, साँस्कृतिक क्रान्तिमार्फत साँचो अर्थमा समाजवाद प्राप्त गर्न सकिने उल्लेख गर्दै उहाँले त्यसकालागि नेता, कार्यकर्तामा त्याग र समर्पणको आवश्यकता रहेको धारणा राख्नुभयो ।

    कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य देवी ज्ञवाली, कृष्णप्रसाद खनाल, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रदेश सभासद घनश्याम दाहाललगायतका नेताहरुले देशी विदेशी षडयन्त्रबाट मदन–आश्रितको हत्या भएको उल्लेख गर्नुभयो । उहाँहरुले कार्यकर्ताको चाहनाअनुसार सिङ्गो कम्युनिष्ट पार्टी निर्माण भएको र दुई तिहाईको सरकार पनि बनेकोले अब समृद्धिको यात्राबाट समाजवादसम्म पुग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

    नेकपा चितवनका अध्यक्ष यामबहादुर परियार ‘इन्द्रजीत’को अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सचिव कृष्णभक्त पोखरेलले गर्नुभएको थियो । त्यस अवसरमा दिवङ्गत नेताद्वय मदन–आश्रितको शालिकमा नेकपाका नेता, कार्यकर्ताहरुले माल्यार्पण एवम् पुष्पगुच्छा अर्पण गर्नुकासाथै उहाँहरुको सम्झनामा एक मिनेट मौन धारण पनि गरिएको थियो ।

    मदन–आश्रित चढेको जीप यहीँबाट त्रिशुली नदीमा खसेको थियो । तस्वीर : न्यूजभित्तो

    तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख कुशल संगठक जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकको दासढुङ्गास्थित त्रिशुली नदीमा रहश्यमयी जीप दुर्घटनामा निधन भएको थियो । मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)लाई अङ्गीकार गरेको एमाले पछिल्लो निर्वाचनसम्म आईपुग्दा देशकै पहिलो पार्टी बन्न सफल भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.