सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालिकाका बेसहारा दिदीबहिनीको घर बनाउँदै सामाजिक अगुवाहरु


  •    न्युजभित्तो/१ आश्विन २०७७, बिहीबार १८:५१ 
  • चितवन । बर्सात्का समयमा लाठीले बोरा अड्याएर त्यहीँभित्र जीवन गुजारिरहेका दुई दिदीबहिनीलाई यहाँका सामाजिक अगुवाले सहयोग जुटाएर घर बनाउन शुरु गरेका छन् । निषेधाज्ञाका समयमा दुःख परेकाहरुलाई सहयोग गर्न सङ्गठित भएको अगुवाको समूहले सहयोग जुटाएर घर बनाउन शुरु गरेको हो ।

    खैरहनी नगरपालिका–८ का मुरलीप्रसाद गजुरेल, प्रेम रिमाल, कमल पाठक, अशोक न्यौपाने र लेखबहादुर पुनले कालिका नगरपालिका–५ मा घर बनाइदिन शुरु गर्नुभएको हो । गजुरेलले भन्नुभयो, “त्यहाँ ६२ वर्षकी मुसरी महतो र ४८ वर्षीया बहिनी फोहोरी महतोको िबजोग अवस्था देखेर हामीले सहयोग जुटाएर घर बनाउन थाल्यौँ ।” स्थानीय पत्रकार सन्तकुमार चौधरीले उनीहरुको अवस्थाका बारेमा लेखेपछि गजुरेलसहितका अगुवा समूहले शुरुमा उनीहरुलाई छ महिना खानाको व्यवस्था गर्यो । बिनामास्क माग्दै हिँडेपछि स्थानीयवासी त्रसित भएका थिए ।

    गजुरेलले थप्नुभयो ,“लाठीले बोरा अड्याएर मुसलधारे वर्षामा बसेको देखेर हामीले शुरुमा त्रिपाल, म्याट र टर्चलाइट दियौँ ।” पछि मन नमानेर घरै बनाउन सहयोग जुटाउन थालेको उहाँको भनाइ छ । दुई बहिनीकै थोरै जग्गाको छेउमा गजुरेलको समूहले घर बनाइदिन शुरु गरेको छ । हालसम्म रु दुई लाख ५० हजार सङ्कलन भइसकेको उहाँले जानकारी दिनुभयो । टिनले छाएको घर सम्पन्न हुन रु तीन लाख ५० हजार लाग्ने अनुमान गरिएको छ ।

    गत भदौ २८ गतेदेखि स्थानीयवासीसँगै अगुवाले श्रमदान शुरु गर्नुभएको थियो । हालसम्म डिपिसीको काम भइसकेको भन्दै उहाँले सहयोग जुटिरहेको र छिट्टै घर सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । जापानको योकायामा नेपाली समाजका अध्यक्ष प्रेम आचार्यले आफूले रु एक लाख ४० हजार र साथीभाइसँग रु ६७ हजार २०० सङ्कलन गरी पठाइसक्नुभएको छ । अमेिरकामा रहनुभएकी जयन्ती थापाले घर बनेपछि कपडाका लागि रु १५ हजार पठाइसक्नुभएको छ ।

    अन्य व्यक्तिले पनि पठाउने क्रम जारी छ । गजुरेलका अनुसार दिदीबहिनीमध्ये जेठीको माडीमा र बहिनीको भण्डारामा बिहे भए पनि श्रीमान्ले छाडेपछि तिनले स्थानीयवासीको गाईभैँसी चराउने काम गरेका थिए । जसको पिँढीमा बस्न पाइन्छ त्यहीँ बस्नेखाने गरेका उनीहरु पछिल्ला दिनमा बेसहारा भएर त्यहाँ बोराको ओत लागेर बसेका थिए । उनीहरू बसेको जग्गा ती दुई बहिनीमध्ये एकको श्रीमान् रहेको र उनी गैँडा तस्करीको अभियोगमा कारागारमा भएकाले उनीहरुको पनि रेखदेख गर्ने अवस्था नरहेको गजुरेलको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.