चितवनमा असोज १ गतेदेखि सवारीलाई जोर विजोर, पसल १०–५ खुल्ला गर्न पाईने
न्युजभित्तो/३१ भाद्र २०७७, बुधबार १९:५९
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले लागू गरेको निषेधाज्ञा केही परिवर्तन गरेको छ । असोज १ गतेदेखि ७ गतेसम्मका लागि कार्यालयले नयाँ नियम लागू गरेको हो । कार्यालयले बुधबार जारी गरेको आदेशमा निजी सवारी साधान र यात्रुवाहक सवारीसाधन जिल्ला भित्र जोर विजोेर प्रणालीमा संचालन गर्न पाइने उल्लेख छ ।
अतीआवश्यक पसल वबहान ६ वजेदेखि साँझ ५ बजेसम्म र अन्य पसललाई बिहान १० बजेदेखि ५ बजेसम्म खोल्न मिल्नेगरी आदेशमा उल्लेख गरिएको छ । धार्मिक, सांस्कृति कार्यक्रम गर्न, बिहे, ब्रतबन्ध जस्ता सामाजिक काम गर्न र अन्य भेला जमघट हुनलाई रोक लगाईएको छ ।
कार्यालयले भदौ ३१ गते राती १२ बजेसम्मको लागि केही खुकुलो बनाई निषेधज्ञा लगाएको थियो । चितवन जिल्लामा साउन ३२ गतेबाट निषेधज्ञा लगाइएको थियो ।