सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दासढुङ्गाको एकीकृत विकासका लागि डिपिआर बनाइँदै


  •    न्युजभित्तो/३१ भाद्र २०७७, बुधबार १९:४२ 
  • भरतपुर । सत्ताइस वर्षअघि तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दुर्घटनामा मृत्यु भएको स्थल दासढुङ्गाको एकीकृत विकास गरिने भएको छ । त्यसका लागि डिपिआर निर्माण प्रक्रिया अघि बढेको छ ।

    पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले डिपिआर निर्माणका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको हो । परामर्शदाता कम्पनीद्वारा प्रस्तावपत्र पेश भइसकेको र आन्तरिक मूल्याङ्कनको चरणमा रहेको विभागका इञ्जीनियर सचिन्द्र यादवले जानकारी दिनुभयो । उहाँले एक महिनाभित्र डिपिआर निर्माण गर्ने कम्पनी छानोट हुने र साढे चार महिनाभित्र डिपिआर निर्माण हुने बताउनुभयो ।

    मदन–आश्रित स्मृति पार्कसहित राजनीतिक अध्ययन केन्द्र र सङ्ग्रालयका रूपमा दासढुङ्गाको विकास गर्ने योजना अघि बढाइएको छ । रु ५० लाखको लागतमा निर्माण हुन लागेको डिपिआरका लागि सांसद र प्राविधिकसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ । मदन–आश्रितको दुर्घटना हुँदा नेकपा ९एमाले० चितवनका पार्टी प्रमुख ९सचिव० रहनुभएका हालका प्रदेशसभा सदस्य विजय सुवेदीले संरचना निर्माण गर्दा प्रतिफल आउने गरी काम गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “मदन–आश्रितको झल्को दिने गरी संरचना निर्माण हुनेछन्, यसले उहाँहरुलाई जीवन्त राख्नेछ ।”

    उहाँले देश–विदेशबाट आउनेहरु जसले उहाँहरुलाई बुझ्न चाहन्छन्, त्यो सबै दासढुङ्गामा प्राप्त गर्ने बताउनुभयो । उहाँले अब दासढुङ्गाको विकासका लागि निरन्तर काम गरिने जनाउनुभयो । विसं २०५० जेठ ३ गते हालको भरतपुर महानगरपालिका वडा नं २९ दासढुङ्गामा उहाँहरू चढेको जिप दुर्घटना हुँदा दुवै जनाको मृत्यु भएको थियो ।

    दासढुङ्गामा यसअघि नै नेपाल सरकारले ३६ कठ्ठा जग्गा खरिद गरिसकेको छ । जहाँबाट रमणीय त्रिशूली नदी, देवघाटलगायत क्षेत्र देख्न सकिन्छ । थप नम्बरी ३३ कठ्ठा र ऐलानी १८० कठ्ठा खरिद गरी आवश्यक संरचना निर्माण गरिने योजना अघि बढाइएको सुवेदीले जानकारी दिनुभयो । सो ठाउँमा सङ्ग्रहालय, रानीतिगत अनुसन्धान केन्द्र, तालिम केन्द्र, आवास भवन, कार्यालय भवन, चमेनागृहलगायत संरचनासँगै भिरालो सो क्षेत्रमा आकर्षक पार्क बनाइने योजना रहेको उहाँले बताउनुभयो ।

    भरतपुर–२९ का वडाध्यक्ष मानबहादुर थापाले ढासढुङ्गाको विकासका लागि वडाले निरन्तर पहल गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने यात्रुको ध्यान केन्द्रित गर्ने संरचना बनाउने गरी डिपिआर निर्माण गरिनेछ ।” स्थानीयस्तरबाट संरक्षणका काम भए पनि पर्याप्त हुन नसकेको उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.