चितवन । चितवनमा सोमबार थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा चितवनका २३ जनासहित ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना रहेका छन् । जसमध्ये १४ जना पुरुष र ७ जना महिला रहेका छन् । यस्तै खैरहनी नगरपालिका–२ का ७५ वर्षीय पुरुष र रत्ननगर नगरपालिका–१ की २६ वर्षीया महिलामा भाइरस फेला परेको छ ।
त्यसैगरि मकवानपुरका १५ जना, नवलपरासी पूर्व गैंडाकोटका २ जना, रौतहट, सर्लाही, तनहुँ र झापाका एकरएक जनामा संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा सोमबार कुल ३५८ नमुना परीक्षण गरिएको थियो ।