चितवनमा थपिए २८ जना कोरोना संक्रमित, एक जनाको मृत्यु
न्युजभित्तो/२९ भाद्र २०७७, सोमबार ०८:२०
चितवन । जिल्लामा थप २८ जनामा कोरोना संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आईतबार गरिएको परीक्षणमा चितवनका २८ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार प्रकाशित परिणाम अनुसार संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका, कालिका, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकाका छन् ।
भरतपुर महानगरपालिकाका ७ पुरुष र ४ महिला गरी ११ जनामा संक्रमण पुष्टि भएको छ । पुरुषहरु २३ देखि ५२ वर्ष उमेर समूहका छन् भने महिलाहरु ३१ देखि ५५ वर्ष उमेर समूहका छन् । उनीहरु वडा नंं। ५, ६, ८, १०, १२ र २८ का बासिन्दा हुन् । उनीहरुले भरतपुर अस्पताल स्वाब केन्द्रबाट स्वाब दिएका थिए ।
यस्तै कालिका नगरपालिकाका १० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ महिला र ५ जना पुरुष छन् । पुरुषमा २ वर्षीय बालकदेखि ४६ वर्ष उमेर समूहका छन् भने महिलाहरुमा ४ वर्षीया बालिकादेखि ४१ वर्ष उमेर समूहका छन् । उनीहरु सबै क्वारेन्टिनका हुन् ।
त्यस्तै रत्ननगर नगरपालिका–२ का ३१ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनी क्वारेन्टिनमा बसेका थिए । यसैगरि धेरै समयपछि इच्छाकामना गाउँपालिकामा पनि कोरोना संक्रमित फेला परेको छ । इच्छाकामना गाउँपालिका–५ का ६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु २४ देखि ५१ वर्ष उमेर समूहका छन् । उनीहरु सबै क्वारेन्टिनमा बसेका थिए ।
भरतपुर प्रयोगशालामा आइतबार कुल १७३ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १४५ नमुनाको रिपोर्ट नेगेटिभ आएको छ ।
यसैबीच चितवन मेडिकल कलेजमा उपचारत गैडाकोट नगरपालिका वडा नम्बर ९ निवासी ६२ बर्षिय एक महिलाको मृत्यु भएको छ । भदौ १७ गते कोरोना पुष्टि भएको उहाँको कोभिड आइसियूमा उपचारको क्रममा गएराति ११.३० बजे मृत्यु भएको कलेजले जनाएको छ । स्वासप्रश्वासको समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । यो संगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । चितवनका मात्रै १७ जना संक्रमितको मृत्यु भएको छ ।