सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वडा प्रहरी कार्यालय नारायणगढका २६ जनामा कोरोना सङ्क्रमण


  •    न्युजभित्तो/२७ भाद्र २०७७, शनिबार १९:३९ 
  • चितवन । वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार र शनिबार मात्र २२ जनामा कोरोना सङ्क्रमण देखिएको हो । बिहान आएको नतिजामा वडा प्रहरी कार्यालयका १० सहित ११ जना प्रहरीमा कोरोना पुष्टि भएको छ ।

    यस्तै शनिबार आएको नतिजामा वडाका १२ जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार वडा प्रहरी कार्यालयका प्रमुखसहित चार जनालाई गत साता कोरोना सङ्क्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा ३९ जना प्रहरीमा कोरोना सङ्क्रमण भएको छ । यसमध्ये पाँचजना निको भएर फर्किसकेका छन् भने अन्य ३४ जना आइसोलेसनमा छन् ।

    वडा प्रहरी कार्यालयमा ९५ जनाको दरबन्दी भएको भए पनि हाल कार्यरत ४१ मध्ये २६ जनामा कोरोना सङ्क्रमण भएको हो । कार्यरत रहेकामध्ये अधिकांशलाई कोरोना सङ्क्रमण भएसँगै कार्यालय सिल गरिएको छ । थापाका अनुसार वडाबाटै नमूना सङ्कलन गरिएका अन्यको नतिजा आउन बाँकी रहेकाले सङ्क्रमितको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनचाँदीको मूल्य अस्थिर
    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.