चितवनमा थपिए ८७ जना कोरोना संक्रमित, अधिकांश भरतपुर महानगरभित्रका
न्युजभित्तो/२७ भाद्र २०७७, शनिबार ०९:४५
चितवन । जिल्लामा शनिबार थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरको अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार भएको कोरोना परीक्षणमा ८७ जनामा संक्रमण पुष्टि भएको हो । प्रयोगशाला प्रमुख डा.नीतु अधिकारी का अनुसार शुक्रबार राति १२ बजेसम्म ५३३ नमुना परीक्षण गर्दा ८७ वटामा संक्रमण पुष्टि भएको उल्लेख छ । संक्रमण पुष्टि भएका सबै चितवनका बासिन्दा हुन् ।
सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५० पुरुष र २३ महिला गरेर ७३ जना छन् । कालिका नगरपालिकाका ६ पुरुष र दुई महिला गरेर आठ जना छन् । खैरहनीका दुई पहिला दुई पुरुष गरेर चार जना र रत्ननगरका दुई महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार २३६ पुगेको छ । जिल्लाका कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १६ पुगेको छ ।