सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पतालमा उपचाररत एक पुरुष संक्रमितको मृत्यु


  •    न्युजभित्तो/२६ भाद्र २०७७, शुक्रबार २१:२२ 
  • चितवन । भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका– ५ का ६१ वर्षीय पुरुष रहेका अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

    ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिए पछि यही भदौ २४ गते अस्पताल भर्ना भएका ती पुरुषको भदौ २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आज साँझ ७ वजे मृत्यु भएको हो । सोही अस्पतालमा बिहीबार र शुक्रबारमा खोकी, ज्वरो र श्वासप्रश्वासका कारण तीन जनाको मृत्यु भएको छ । उनीहरुको पिसीआर परीक्षणको नतिजा आउन बाँकी रहेको छ ।

    हालसम्म जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या २५ जना पुगेको छ । एक जना वृद्धाको घरमा नै मृत्यु भएको थियो । चितवनका १५ , मकवानपुरका ५ , नवलपरासी सुस्ता पूर्वका ३, वारा, गोर्खा र कैलालीका १÷१ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.