सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आत्मबलले कोरोनालाई जित्न सकिन्छ : स्वास्थ्यकर्मी


  •    न्युजभित्तो/२६ भाद्र २०७७, शुक्रबार १६:४२ 
  • रत्ननगर (चितवन) । भरतपुर निवासी डा प्रतीक्षा पौडेलले कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा काम गर्न थाल्नु भएको एक वर्ष भयो । उहाँ दन्तरोग विशेषज्ञ हुनुहुन्छ । बिरामीको नियमित उपचारमा खटिने क्रममा उहाँलाई भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो ।

    “कोरोना पोजेटिभ रिपोर्ट आएपछि धेरै नै डराएँ”, उहाँले भन्नुभयो,“त्सपछि आत्मबल बलियो बनाएँ । स्वास्थ्यकर्मी भएकाले निको भएर सेवामा फर्किनु छ भन्ने अठोट बुनँे”, उहाँलाई कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण देखिएको थिएन । एक्काइस दिनको अस्पतालको बसाइँपछि उहाँ कोरोनामुक्त हुनुभयो । अस्पतालबाट घर फर्किदा उहाँलाई लिन बुबाआमा अस्पताल परिसर पुग्नुभएको थियो । “दैनिकजसो मेडिटेसन गर्थे, बेसारसहितको तातो पानी पिउथेँ”,उहाँले भन्नुभयो,“खानासँगै फलफूल पनि प्रशस्त खानुपर्छ, आत्मबल बलियो बनाउदा सजिलै कोरोनालाई जित्न सकिन्छ ।”

    एक हप्ता घर बसेपछि बिरामीको उपचारमा फर्किने पौडेलको भनाइ थियो । देश र जनताको लागि सेवा गरिरहँदा आफू सङ्क्रमित हुन पुगेको भन्दै उहाँले कोरोनालाई आत्मबल उच्च राखेमा सजिलै जित्न सकिने बताउनुभयो । जिल्लाका कोरोना सङ्क्रमितमध्ये १५ प्रतिशत स्वास्थ्यकर्मी हुनुहुन्छ । स्वास्थ्यकर्मी नै सङ्क्रमित हुन थालेपछि यहाँ चुनौती थपिएको थियो । कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीलाई यहाँ दुव्र्यवहारको प्रयाससमेत भएको थियो । घटनाको चौतर्फी आलोचना भयो ।

    डा पौडेलको बसाइँ होस्टलमा भएकाले उहाँले नमिठो अनुभव बटुल्न परेन । आइसोलेशनमा बसेका बेला स्वास्थ्यकर्मीलाई अपमान गरेको समाचार सुनेपछि उहाँलाई एकदमै नराम्रो लाग्यो । कोरोना सङ्क्रमण भएकै बेला उहाँले सामाजिक सञ्जालमा प्रत्यक्ष आएर यसको विरोधसमेत गर्नुभयो ।

    कोरोना पोजेटिभ भई आइसोलेशनमा बस्नुभएकी पोखरा निवासी डा श्रेया गौतम पनि दन्तरोग विशेषज्ञ नै हुनुहुन्छ । “बिरामीको उपचारमा खटिएकी थिएँ”,उहाँले भन्नुभयो,“मलाई शुरुमा सुख्खा खोकी देखा प¥यो । विस्तारै कोरोनाका लक्षण देखिएपछि स्वाब सङ्कलन गरँे । रिपोर्ट पोजेटिभ आउँदा सारै डर लाग्यो ।”

    कोरोना लाग्यो भनेर डराउन नहुने उहाँको भनाइ थियो । यसबाट छुट्कारा पाउन र अरुलाई पनि सङ्क्रमण हुन नदिन भने विषेश सावधानी अपाउनुपर्ने डा गौतम बताउनुहुन्छ । मानव व्यवहार परिवर्तन हुनसके कोरोनालाई परास्त गर्न सकिने उहाँको तर्क छ । साबुनपानीले हात धुने, मास्क लगाउने र स्यानीटाइजरको प्रयोगले धेरैसम्म कोरोना लाग्नबाट बचाउने डा गौतमले बताउनुभयो ।

    कोरोनालाई आत्मबलले सजिलै परास्त गर्न सकिने भएकाले सङ्क्रमितलाई हेलाको दृष्टिले नहेर्न सबैलाई उहाँले आग्रह गर्नुभयो । घरपरिवार र आफन्तको हौसला र प्रेरणाले आफूले कोरोनालाई सजिलै जितेको गौतमको प्रतिक्रिया थियो । उहाँ २० दिनको अस्पताल बसाइँपछि कोरोनामुक्त हुनुभएको थियो ।

    नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहेको बेला क्यान्सर अस्पताल भरतपुरमा सबैभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भए । क्यान्सरको उपचार गर्न देशभरबाट बिरामी आउने भएकाले यहाँको सङ्क्रमण दर उच्च थियो । क्यान्सर अस्पतालको आकास्मिक वार्डमा कार्यरत नर्स सविता बस्नेत पनि यसबाट अछुतो रहनसक्नु भएन । उहाँ अस्पतालले उपलब्ध गराएको क्वाटरमा परिवारसँगै बस्ने गर्नुहुन्थ्यो । “तीन वर्षको छोरा र दीर्घरोगी ससुरासँगै हुनुहुन्थ्यो”,उहाँले भन्नुभयो,“छोरालाई स¥यो कि भन्ने ठूलो डर लाग्यो । अस्पतालको एक वार्डमा आइसोलेनमा बसेँ, १४ दिनपछि फेरि काममा फर्किएँ ।” आत्मबल बलियो बनाएर आफू अहिले पनि कोरोना सङ्क्रमितको अग्रपंक्तिमा बसेर काम गरिहेको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.