सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ११ सय बढी कोरोना संक्रमित, शुक्रबार थपिए ३४ जना


  •    न्युजभित्तो/२६ भाद्र २०७७, शुक्रबार ०७:५१ 
  • चितवन । जिल्लामा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणको शुक्रबार बिहान सार्वजनिक गरिएको नतिजा अनुसार चितवनका ३१ र अन्य जिल्लाका ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीका अनुसार संक्रमण पुष्टि हुनेमा चितवनका सबै भरतपुर महानगरपालिकाका रहेका छन् । जसमध्ये २६ जना पुरुष र ५ जना महिला रहेका छन् । पुरुषहरु १२ वर्षीय बालकदेखि ५७ वर्ष उमेर समूहका छन् । यस्तै महिलाहरु २४ देखि ५४ वर्ष उमेर समूहका छन् । उनीहरु सबैको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, पुरानो मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।

    यसैगरि नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१ का २८ वर्षीय पुरुष र २९ वर्षीया महिला गरी दुई जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु भरतपुर अस्पताल स्वाब संकलन केन्द्रबाट स्वाब दिएका थिए ।

    यस्तै पर्साको ठोरी–२ की २१ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवनमा शुक्रबार विहानसम्म कुल संक्रमितको संख्या ११ सय नाघेको जनाईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.