सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्काईलार्क एग्रो अविनाश ग्रुप नारायणगढले दियो भरतपुरको कोभिड १९ प्रयोगशालालाई पिसिआर मेसिन


  •    न्युजभित्तो/२५ भाद्र २०७७, बिहीबार १९:१८ 
  • चितवन । स्काईलार्क एग्रो अविनाश ग्रुप नारायणगढले भरतपुर अस्पतालद्धारा सञ्चालित भरतपुर कोभिड १९ प्रयोगशालालाई एक थान पिसिआर मेसिन सहयोग गरेको छ । ग्रुपका अध्यक्ष गुणचन्द्र विष्टले आज मेसिन अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।

    जर्मन कम्पनीको क्यूटावर ८४ स्वचालित पिसिआर मेसिन सहयोग गरिएको हो । ग्रुपले रु ५० लाख हाराहारीको लगानीमा सो मेसिन खरिद गरी भरतपुर महानगर प्रमुख रेनु दाहालको उपस्थितीमा हस्तान्तरण गरेको हो । विष्टले सामाजिक उत्तरदायीत्व अन्तर्गत मेसिन हस्तान्तरण गरिएको जानकारी दिनुभयो । कोरोना सङ्क्रमण वढ्दै जाँदा ग्रुपले अत्याधुनिक प्रविधिको मेसिन खरिद गरी हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो । ग्रुपका निर्देशक टिकाराम पोख्रेलले यस मेसिनले पहिलाको भन्दा चाँडो नतिजा दिन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो “कोरोना सङ्क्रमण वढ्दै जाँदा ।नतिजालाई विश्वसनीय र छिटो गर्नका लागि मेसिन सहयोग गरेका हौ ।”

    भरतपुर महानगर प्रमुख दाहालले सरकारी तवरबाट खरिद प्रकृया ढिला हुने भएकाले निजी क्षेत्रको सहयोग अहिलेको अवस्थामा अतुलनीय रहेको बताउनुभयो । अहिलेसम्म महानगरवासीको सहयोगले कोरोना नियन्त्रण सहज भएको बताउँदै उहाँले महामारीको समयमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । अस्पताल विकास समितिका अध्यक्ष डा। अधिकारीले नतिजा चाँडो निकाल्नका लागि नमूना घान हाल्ने अर्थात आरएनए एक्सट्याक्टर मेसिन मन्त्रालयसँग माग गरिएको जानकारी दिनुभयो । अहिले यहाँ भएको पिसिआर मेसिनले एक पटकमा ९६ वटा नमूनामात्र परिक्षण गर्न सकीने भएकाले घान हाल्ने मेसिन आएसँगै दैनिक एक हजार नमूना परिक्षण गर्न सकिने उहाँले बताउनुभयो । यो मेसिन आए सँगै दैनिक ५ सय नमूना पहिले भन्दा छिटो परीक्षण गर्न सकिने भएको छ ।

    प्रयोगशाला प्रमुख अधिकारीका अनुसार प्रयोगशालाको स्थापनापछि आज सम्म २३ हजार भन्दा बढी नमूना परिक्षण गरिएको छ । जसमध्ये चितवनका १८ हजार रहेको उहाँले जानकारी दिनुभयो । परिक्षण गरिएकोमा १ हजार २ सय संङ्क्रमण पुष्टि भएको छ । ती मध्ये १ हजार ८५ चितवनका छन् । हाल प्रयोगशालामा सञ्चालनमा रहेको पिसिआर मेसिन कृषि तथा वन विज्ञान विश्वविद्यालयको हो । नयाँ मेसिन पाएसँगै अस्पतालले विश्वविद्यालयलाई उपकरण फिर्ता गर्न पाउने भएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.