सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकारमाथि धम्कीपूर्ण भाषा प्रयोग गरिएकोप्रति प्रेस युनियनको आपत्ति


  •    न्युजभित्तो/२३ भाद्र २०७७, मंगलवार १६:१२ 
  • चितवन । नेपाल प्रेस युनियन चितवनले पत्रकारमाथि धम्कीपूर्ण भाषा प्रयोग गरिएकोप्रति आपत्ति जनाएको छ । युनियनका जिल्ला अध्यक्ष अनिल ढकालले आज मंगलबार विज्ञप्ति प्रकाशित गरी अनुदानको मल महंगोमा बिक्री भएको विषयमा पत्रकारले सोधखोज गर्दा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले धम्कीपूर्ण भाषा प्रयोग गरेको उल्लेख गर्नुभएको छ ।

    विज्ञप्तिमा रत्ननगर नगरपालिका वडा नं. १ मा रहेको निर्मल बहुउद्देश्यीय सहकारीले अनुदानको मल महंगोमा बिक्री गरेको विषयमा प्रमुख जिल्ला अधिकारी भट्टराईसँग जानकारी लिन खोज्दा न्यूज २४ टेलिभिजनका चितवन संवाददाता केदार शर्मालाई धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै सो घटनाप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा कालिका अनलाइन दैनिकका प्रधान सम्पादक शिशिर सिंखडाप्रति पनि प्रमुख जिल्ला अधिकारीको व्यवहार आपत्तिजनक रहेको जनाइएको छ ।

    विवादित विषयमा अनुसन्धान गर्नुको सट्टा उल्टै समाचार लेख्ने पत्रकारलाई धम्क्याउने कार्य निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ “जिल्लामा मलको कालोबजारी नियन्त्रण गर्न नसकेको स्थानीय प्रशासन पत्रकारमाथि खनिनुलाई आम जिल्लावासीले शंकाको रुपमा हेरेका छन् ।” युनियनले घटनाको दोषी पत्ता लगाइ कारबाही गर्न माग समेत गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.