सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका थारु समुदायको चाडपर्व मनाउन कार्यविधि


  •    न्युजभित्तो/२१ भाद्र २०७७, आईतवार ०८:०७ 
  • भरतपुर (चितवन) । थारु समुदायका महिलाहरुले मनाउने जितिया पर्व नजिकिँदै छ । जितिया आउनुअघि नै चितवनका थारु समुदायमा चहलपहल र रमझम शुरु हुन्छ तर यस वर्ष कोरोनाको प्रकोपले जितियाको चहलपहल छैन । चाडपर्व कसरी मनाउने भन्ने अन्योल थारु समुदायमा छ । जितियासँगै अन्य चाडपर्व पनि क्रमशः आउने भएकाले उनीहरुलाई यस वर्षका चाडपर्व के हुने भन्ने चिन्ता पनि छ । यसै चिन्ताका बीच थारु समुदायले सामूहिक भेला नगरी चाडपर्व मनाउने निर्णय गरेको छ । समुदायले चाडपर्व मनाउन कार्यविधिसमेत जारी गरेको छ ।

    शनिवार थारु समुदायका विज्ञ र अगुवाहरुलाई राखेर ९भर्चुअल बैठक० छलफलमार्फत कार्यविधि तयार गरिएको थारु कल्याणकारिणी सभा ९थाकस० चितवनका सभापति ललितकुमार चौधरीले बताउनुभयो । ‘चाडपर्वको रीत पूरा गरौँ, घरपरिवारमा सीमित भई पर्व मनाऔँ र कोरोना सङ्क्रमणबाट बचौँ’ भन्ने मूल नाराका साथ ‘चितोनिया थारु समुदायको चाडपर्व कार्य विधि–२०७७’ जारी गरेको चौधरीले जानकारी दिनुभयो । “कोभिडको महामारीको अवस्थामा समुदायलाई कोरोना सङ्क्रमणबाट जोगाउँदै चाडपर्वको रक्षा गर्न कार्यविधि आवश्यक ठानेका हौँ”, उहाँले भन्नुभयो । चितवनका थारु समुदायले जितिया, यमोसा, दसइँ, सोहराई, एकादसी, खिचरा, फगुवा आदि पर्वहरु विशेष महत्वका साथ मनाउँछन् । हरेक चाडपर्वमा नातागोता एवं आफन्तहरुसँग भेटघाट गरी सामूहिकरूपमा खुसी साटिन्छ ।

    यो वर्ष भिडभाड हुने गरेर सामूहिकरूपमा कुनै पनि पर्व नमनाउन थाकस चितवनले अपिल गरेको छ । थारु समुदायका महिलाले भाद्र कृष्ण अष्टमीमा जितिया पर्व मनाउँछन् । जितियामा सामूहिक नाच गान र पूजा हुन्छ । अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्छन । यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने ९लेलहारी० गर्ने चलन छ । यस्तै जितियामा कोसेली ९पाहुर० पुर्याउने चलन पनि छ । कार्यविधिमा सामूहिकरूपमा केही पनि नगर्न भनिएको छ ।

    कार्यविधिमा भिडभाड र सामूहिकरूपमा पर्व नमनाई घर परिवारमा सीमति रहेर कोरोनाबाट जोगिन जोड दिएको थारु संस्कृति सभाका अध्यक्ष कमानसिंह चौधरीले बताउनुभयो । “हामीले चाडपर्व मनाउँदा गरिने विभिन्न क्रियाकलापबाट कोरोना समुदायस्तरमा फैलन सक्ने जोखिम बढेको हुनाले चाडपर्व मनाउँदा हामी निकै सजग र सतर्क हुनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । साथै थाकसले आआफ्नो घरमा सुरक्षित रहेर भौतिक दूरी कायम राख्दै घरपरिवारमा सीमित भर्ई मनाउन आग्रह गरेको उहाँले बताउनुभयो ।

    थारु समुदायले दिवङ्गत पितृको सम्झनामा सोह्रश्राद्धको अन्तिम दिन ‘एमोसा’ ९पितृ औँसी० मनाउँछन् । यसमा समूह बनाई एकअर्काको घरमा खाना खाने प्रचलन छ । यो पटक त्यो पनि नगर्न भनिएको छ । दसैँ अनि त्यसपछि तिहारका बेला हुने सोहराई पूजामा पनि घर परिवारमै सीमित हुन सभाले कार्यविधि बनाएको छ । सामूहिकरूपमा भेला भएर मनाइने छठ, बड्का एकादशी ९ठुलो एकादशी० मा पनि यस्तै अनुरोध छ । नयाँ वर्षको रूपमा मनाउँदै आएको माघे सङ्क्रान्तिको खिचरामा मेला महोत्सवसमेत आयोजना नगर्न भनिएको चौधरीले बताउनुभयो । फागु र चैतनवमीमा पनि सामूहिक भेटघाट र पर्वको अनुष्ठानहरु नगर्न कार्यविधिले जोड दिएको उहाँले बताउनुभयो । “रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो । हामी सुरक्षित रह्यौँ भने पूरै जिन्दगी मनोरञ्जन गर्दै चाडपर्व मनाउँदै गरौँला तर अहिले ‘अड्कोपड्को तेलको धूप’ भने झैँ रीत मात्र पूरा हुनेगरी चाडपर्व मनाऔँ”, थाकसको अपिल छ ।

    चैते दसैँका बेलामा चितवनको थारु बहुल क्षेत्रमा मेला लाग्ने गर्दछन् । चैत्र शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन विक्रम बाबाको मेला लाग्छ । नवमीका दिन माडीमा गोदक मेला लाग्ने गर्दछ तर कोरोनाका कारण यो वर्ष कार्यविधिमार्फत मेला महोत्सव नगर्ने भनिएको छ । थारु समुदाय चितवनका मुख्य आदिवासी हुन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.