चितवन । जिल्लामा थप ३०जना कोरोना भाइरस संक्रमित थपिएका छन्। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शनिबार गरिएको परीक्षणको नतिजा अनुसार चितवनका ३० र अन्य विभिन्न जिल्लाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख डा.नितु अधिकारीले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका क्षेत्रका मात्रै २९ जना रहेका छन् । जसमा १० वर्षीय बालकदेखि ६६ वर्षसम्मका १८ जना पुरुष र १० वर्षीया बालिकादेखि ५० वर्ष उमेर समूहका ११ जना महिला रहेका छन् । उनीहरु भरतपुर महानगरपालिका वडा नंं.२, ३, ५, ६, ७, ८, ९, १०, १३, २२, १८ र २१ का बासिन्दा हुन् । उनीहरु सबैको भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको हो ।
यस्तै राप्ती नगरपालिका वडा नं. २ का ३४ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी नवलपरासी पूर्वको कावासोती नगरपालिका वडा नं. २ का महिला र बुलिङटार गाउँपालिकाका ३८ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका वडा नं. १० का ३० वर्षीय एक पुरुषमा पनि संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालामा शनिबार राति अबेरसम्म कुल १३४ वटा नमुना परीक्षण गरिएको थियो ।