चितवनका दुई प्रयोगशालामा गरिएको परीक्षणमा ३६ जनामा कोरोना संक्रमण पुष्टि
न्युजभित्तो/२० भाद्र २०७७, शनिबार ०८:५०
चितवन । जिल्लामा थप ३६ जना कोरोना भाईरस संक्रमित थपिएका छन् । चितवन मेडिकल कलेज कोभिड ल्याबमा शुक्रबार राती गरिएको परीक्षणमा २७ र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना गरी ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
जसमध्ये चितवनका २८ र अन्य विभिन्न जिल्लाका ८ जना रहेका छन् । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २६ जना रहेका छन् ।
यस्तै राप्ती नगरपालिकाका १ र रत्ननगर नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि मकवानपुरका २, रुपन्देहीका २, काठमाडौं, पर्सा, गुल्मी र नवलपरासी पूर्वका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।