कोरोना भाइरस संक्रमित हेटौंडाकी एक महिलाको चितवन मेडिकल कलेजमा मृत्यु
न्युजभित्तो/१९ भाद्र २०७७, शुक्रबार १५:५१
चितवन । चितवन मेडिकल कलेजको कोभिड सघन कक्ष (आइसीयू) मा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ११ की ५२ वर्षीया महिलाको आज शुक्रबार दिउँसो १ः४४ बजेको समयमा मृत्यु भएको छ ।
ती महिलाको बिहीबार राति मात्रै प्लाज्मा थेरापीबाट उपचार सुरु गरेको थियो । श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि ती महिला भदौं ११ गते चितवन मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।