चितवनका दुई प्रयोगशालामा गरिएको परीक्षणमा ७४ जना जिल्लाका संक्रमित
न्युजभित्तो/१९ भाद्र २०७७, शुक्रबार ०८:००
चितवन । जिल्लामा एकैदिन ७४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बिहीबार चितवन मेडिकल कलेज कोभिड ल्याब र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ५६ जना रहेका छन् । यस्तै राप्ती नगरपालिकाका ९ जना, खैरहनी नगरपालिकाका ४ जना, रत्ननगर नगरपालिकाका ३ जना र कालिका नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्लामा संक्रमण फैलिने क्रममा रहेको छ । प्रशासनले निषेधाज्ञा लगाएको भए पनि संक्रमण दर घट्न सकेको छैन ।