सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काठमाण्डौंबाट सर्लाही हिँडेको एम्बुलेन्स त्रिशुली नदीमा खस्यो, चालकसहित पाँच जना घाइते


  •    न्युजभित्तो/१६ भाद्र २०७७, मंगलवार ०८:४० 
  • चितवन । काठमाण्डौंबाट सर्लाहीतर्फ जाँदै गरेको एम्बुलेन्स इच्छाकामना गाउँपालिका वडा नं. ३ स्थित पृथ्वीराजमार्गबाट त्रिशुली नदीमा खसेको छ । घटनामा पाँच जना घाइते भएका हुन् । मंगलबार बिहान ५ः१५ बजेको समयमा पानीधारा भन्ने स्थानबाट त्रिशुली नदीमा एम्बुलेन्स खस्दा सर्लाहीका चार जना र झापाका एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

    ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भई सडकबाट ५० मिटर तल त्रिशुली नदीको किनारमा खसेको हो । घाइते हुनेमा एम्बुलेन्स चालक झापा गौरीगन्ज गाउँपालिका वडा नं. १ बस्ने वर्ष २८ का सरोज दाहाल, क्यान्सरका बिरामी सर्लाही बरहथवा नगरपालिका वडा नं. २ बस्ने वर्ष ५० की दिल माया राना मगर, सोही स्थानकी वर्ष १५ की बाधे राना मगर, वर्ष २६ की मेक कुमारी राना मगर, वर्ष ३४ को नरबहादुर मगर रहेका छन् ।

    उनीहरु मध्ये एक जनाको अवस्था गम्भीर र चार जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरुको भरतपुरमा उपचार भईरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.