सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा २२ हजार वृक्षरोपण


  •    न्युजभित्तो/१४ भाद्र २०७७, आईतवार १५:५४ 
  • भरतपुर । चितवनको भरतपुरमा २२ हजार फलफूलको बिरुवा रोपिएको छ । भरतपुर महानगर क्षेत्रलाई फलफूलको बगैँचाको स्वरुप दिने अभियानलाई निरन्तरता दिँदै बिरुवा रोपिएको हो । राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर गत असार १४ गते शुरु भएको अभियान आज सकिएको छ । ‘भरतपुर–एक बगैँचा’ अभियानले महानगरलाई केही वर्षमै हरियाली महानगरका रुपमा लक्ष्य राखिएको छ ।

    फलफूलको बिरुवा रोप्नका लागि तथ्याङ्क सङ्कलन र बिरुवा वितरणको जिम्मा लिएको ‘वे’ गु्रपका संयोजक भोजनारायण कँडेलले महानगरमा यस वर्ष २२ हजार बिरुवा रोपिएको बताउनुभयो । उहाँले भन्नुभयो टोलभित्र आवश्यक पर्ने बिरुवाको घरदैलोमै पुगेर लिएको विवरणअनुसार वितरण गरेका छौँ । “फलफूलका बिरुवा रोप्न सबैले साथ दिएका छन्, उहाँले भन्नुभयो, “केही वर्षमै भरतपुर क्षेत्र हरित हुनेछ ।” उहाँका अनुसार माग फारममार्फत टोलवासीले चाहना गरेका फलफूलका बिरुवा सकेसम्म उपलब्ध गराइएको छ । गत वर्ष मात्रै महानगर सात वडामा ६५ हजार बढी फलफूलका बिरुवा रोपिएको थियो ।

    वाग्मती प्रदेशका सांसद विजय सुवेदीले यस वर्ष कोरोनाको प्रभावका बीच पनि आवश्यक मात्रामा फलफूलका बिरुवा रोपिएको जानकारी दिनुभयो । “भरतपुरलाई बगैँचा बनाउने काम अगाडि बढेको छ”, सुवेदीले भन्नुभयो “यसपालि छुट्टै बजेट नभए पनि महानगरपालिका, कृषि ज्ञान केन्द्र, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र वन कार्यालयको सहयोगमा अभियान सफल भएको छ ।”प्रदेश सरकारले सरसफाइ र हरियाली प्रवद्र्धन कार्यक्रमका रुपमा बजेट विनियोजन गरे पनि यसपालि सो बजेट परेको छैन । गत वर्ष प्रदेशले रु ५० लाख बराबर बजेट विनियोजन गरेको थियो ।
    भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकामा रोपिएका बिरुवालाई संरक्षण गरिने बताउनुभयो । हरेक वडाका हरेक दुई टोललाई नमूना टोलका रूपमा छनोट गरी ‘एक टोल–एक बिरुवा चिनारी’ हुने उहाँको भनाइ छ । महानगरका वडा कार्यालयमार्फत स्थानीयवासीलाई बिरुवा बाँडिएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.