सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका दुई ल्याबमा गरिएको परीक्षणमा एकै दिन ५२ जनामा कोरोना संक्रमण


  •    न्युजभित्तो/११ भाद्र २०७७, बिहीबार ०७:२७ 
  • चितवन । जिल्लाका दुई वटा ल्याबमा बुधबार गरिएको परीक्षणमा ५२ जना कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला र चितवन मेडिकल कलेज प्रयोगशालामा गरिएको परीक्षणमा जिल्ला र छिमेकी जिल्लाका गरी ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

    बुधबार रातीप् सार्वजनिक गरीक्षणको परीक्षणको नतिजा अनुसार भरतपुर महानगरपालिकाका १८ जना, रत्ननगर नगरपालिकाका १८ जना रहेका छन् । यस्तै माडी नगरपालिकाका ९ जना रहेका छन् । यस्तै तनहुँको देवघाट र भानुका गरि २ जना, पूर्वी नवलपरासीको गैंडाकोटका १, मध्यविन्दुका २ जना गरी ३ जना, सर्लाहीको इश्वरपुरका १ र हरिपुरका १ गरी दुई जनामा संक्रमण पुष्टि भएको हो ।

    चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका संक्रमित भेटिएका छन् । जसमा भरतपुर वडा नं. १ का ३० वर्षीय पुरुष, वडा नंं. २ का २५ र ४० वर्षीय दुई जना पुरुष, वडा नं.३ का १४ र ५३ वर्षीया महिला, १७ र २२ वर्षीय पुरुष गरि ४ जना, वडा नंं.८ का २५ वर्षीया महिला, वडा नंं.९ का २८ वर्षीया महिला, वडा नंं.१० का २३ वर्षीया महिला, ३० र ५१ वर्षीय पुरुष गरी ३ जना, वडा नंं. ११ का ३३ र ४० वर्षीया महिला, २३ वर्षीय पुरुष गरी ३ जना, वडा नंं. १४ का २३ वर्षीया महिला रहेका छन् ।

    यस्तै भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर वडा नं. ७ र २२ का ६६ वर्षीय पुरुष र ३४ वर्षीया महिला गरी २ जनामा संक्रमण पुष्टि भएको थियो ।

    यसैगरि रत्ननगर नगरपालिकामा एकैदिन १८ जनामा संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा रत्ननगर वडा नं. ४, ९ र १२ का १९ देखि ५३ वर्षका १२ जना पुरुष र २३, ४५ वर्षका २ जना महिलामा संक्रमण पुष्टि भएको हो । कन्ट्याक्ट ट्रेसिङ गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा रत्ननगर वडा नं. ६ का ३२ वर्षीया महिला, वडा नं.१० का ३० र ५१ वर्षीय २ जना पुरुष र वडा नं।१५ का २१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    यसैगरि माडी नगरपालिकामा ९ जनामा संक्रमण पुष्टि भएको छ । वडा नंं.६ र ७ का ५ महिले शिशुदेखि ४८ वर्ष उमेर समूहका ५ जना पुरुष र ४० देखि ६० वर्ष उमेर समूहका ४ जना महिलामा संक्रमण पुष्टि भएको हो । पहिलो चरणको लकडाउन पछि पहिलोपटक माडीमा नयाँ संक्रमित भेटिएका हुन् । उनीहरुको समुदायबाट परीक्षण गरिएको हो । योसंगै माडीमा संक्रमितको संख्या ५० पुगेको छ ।

    यसैगरि भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा तनहुँ देवघाटका ५१ वर्षीय पुरुष र चितवन मेडिकल कलेज प्रयोगशालामा गरिएको परीक्षणमा तनहुँ भानु–५ का ५० वर्षीय पुरुष गरी दुई जनामा संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं. ५ का ३५ वर्षीय पुरुष, मध्यविन्दु. नगरपालिका वडा नं. १० का ४० र ५० वर्षीय दुई जना पुरुष गरी तीन जना, सर्लाहीको इश्वरपुर–५ का २४ वर्षीय पुरुष र हरिपुर–१ का २७ वर्षीया महिला गरी दुई जनामा संक्रमण पुष्टि भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.