सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सडक र ढल निर्माणले भरतपुरको खानेपानी वितरणमा समस्या


  •    न्युजभित्तो/११ भाद्र २०७७, बिहीबार ०७:०९ 
  • कृष्ण आचार्य
    भरतपुर । भरतपुर महानगरपालिकाभित्र खानेपानी वितरणमा समस्या देखिन थालेको छ । सडक र ढल निर्माणका क्रममा पानीका पाइप बिग्रिएका कारण भरतपुर खानेपानी बोर्डमार्फत वितरण हुँदै आएको खानेपानी वितरणमा समस्या भएको हो । सडक निर्माण र विस्तारका क्रममा यहाँका सरकारी निकायबीच समन्वय छैन । जसका कारण सडक र ढल निर्माणका क्रममा यो समस्या दोहोरिन्छ ।

    “ढल र सडक निर्माणका क्रममा पाइप काटिने र भाँचिने समस्याले खानेपानी वितरणमा अबरोध आउने गरेको भरतपुर खानेपानी बोर्डका प्रमुख प्रजापति दाहालले बताउनुभयो । “निषेधाज्ञापछि झन् यो समस्या बढी देखिन थालेको छ”, उहाँले भन्नुभयो, “खोेनेपानी मर्मत गर्ने पलम्बर कर्मचारी सिमित छन् । निषेधाज्ञाका कारण टाढाका कर्मचारी आउन सम्भव छैन, केही कर्मचारीका भरमा काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो । यो समयमा नियमित मर्मत र अनुगमनमा समेत जान नपाएको उहाँले बताउनुभयो ।

    “फोनबाट गुनासो गर्नेहरु धेरै हुनुहुन्छ”, दाहालले भन्नुभयो, “पानी फुटेर खेर जाने ठाउँलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ ।” दैनिक चार÷पाँच ठाँउबाट खानेपानीको समस्या आउने गरेको उहाँले बताउनुभयो । यो समयमा तत्काल मर्मत गर्न सम्भव नभएको उहाँको भनाइ छ ।

    बोर्डअन्तर्गत भरतपुर र कृष्णपुर स्टेसनअन्तर्गत १६ जना पलम्बर कार्यरत छन् । जसमध्ये ७ जनामात्र अहिले काममा खटिएका छन् । भरतपुर महानगर र शहरी विकास अन्तर्गतका भइरहेका अधिकांश सडक निर्माणका क्रममा पाइप काटिने गरेको छ ।

    विसं २०३२ देखिका जिर्ण पाइप भएकाले पनि पटक–पटक समस्या हुने गरेको कार्यालयले जनाएको छ । भरतपुर महानगरपालिकामा वोर्डले खानेपानी उपलब्ध गराउने ३० हजार ६०० ग्राहक छन् । “यस वर्ष विस्तार गर्ने योजना थियो”, दाहालले भन्नुभयो, “कोरोनाका कारण काम गर्न सकिएको छैन् ।” यसबाहेक भरतपुर महानगरपालिकामा अन्य उपभोक्ता समितिमार्फत खानेपानी वितरण हुँदै आएको छ । बोर्डको ८५० किलोमिटरको खानेपानीको नेटवर्क छ ।

    बोर्डले महानगरपालिकाका वडा नम्वर १ देखि १६ नम्वर र २२ नम्वर वडामा खानेपानी उपलब्ध गराउँदै आएको छ । २०६४ सालमा स्थापना भएको खानेपानी बोर्डले दैनिक १ करोड ३७ लाख लिटर खानेपानी उत्पादन गर्दै आइरहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.