सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा थपिए ४४ जना कोरोना संक्रमित, कूल संख्या चार सय नाघ्यो


  •    न्युजभित्तो/१० भाद्र २०७७, बुधबार ०८:१६ 
  • चितवन । जिल्लामा ४४ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राती सार्वजनिक गरिएको तथ्यांक अनुसार चितवनका ४० जनासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    संक्रमितहरुमा भरतपुर महानगरपालिकामा २० महिला र १६ पुरुष गरी ३६ जना संक्रमण पुष्टि भएको छ । पुरुषहरु ५ वर्षीय बालकदेखि ४६ वर्षीय उमेर समूहका छन् भने महिलाहरु ८ वर्षीया बालिकादेखि ५४ वर्ष सम्मका रहेका छन् । उनीहरु भरतपुर महानगरपालिका वडा नं. २, ४, ५, ७, ९, १०, ११, १२, १४, १५, १६ का हुन् । भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पुरानो मेडिकल कलेजबाट गरिएको स्वाब संकलनमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    यस्तै पूर्वी चितवनको रत्ननगर नगरपालिकाका २७ र ७१ वर्षीया दुई महिला र २४ वर्षीय एक पुरुष गरी ३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु रत्ननगर नगरपालिका वडा नं. १, ६ र १३ नम्बर वडाका हुन् । पुरानो मेडिकल कलेज र रत्ननगर क्वारेन्टिनबाट गरिएको स्वाब संकलनमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । त्यस्तै खैरहनी नगरपालिका–१ का २६ वर्षीय एक जनामा पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले भरतपुर अस्पतालबाट स्वाब दिएका थिए ।

    यसैगरि पूर्वी नवलपरासीका २३ वर्षीया एक महिला, रुपन्देहीका ५४ वर्षीया एक महिला, तनहुँका ३८ वर्षीय एक पुरुष र धनुषाका ५४ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख डा नितुअधिकारीले जानकारी दिनुभयो। २१८ नमुना परीक्षणमा यति धेरै संक्रमित फेला परेको यो पहिलोपटक हो । यो सहित जिल्लामा संक्रमितको संख्या चार सय नाघेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.