सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा थपिंदै कोरोना सङ्क्रमित, जिल्लामा कूल संक्रमित ३८५ पुगे


  •    न्युजभित्तो/९ भाद्र २०७७, मंगलवार १७:५९ 
  • चितवन । जिल्लामा पछिल्लो समयमा सरदर दैनिक १४ जनामा कोरोना सङ्क्रमित थपिन थालेका छन् । गत साउन २१ गतदेखि आजसम्म जिल्लामा २ सय ६९ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । अहिले सम्म सङ्क्रमितको सङख्या ३ सय ८५ पुगेको छ ।

    भरतपुर अस्पतालका सूचना अधिकारी पौडेलका अनुसार गत साउन ९ गतेसम्म जिल्लामा १ सय १६ जनामा सङ्क्रमण देखिएको थियो । साउन १० गतेदेखि २१ गते सम्म यहाँ सङ्क्रमण देखिएको थिएन । पछिल्लो २० दिनको समयमा कोरोना सङ्क्रमण दर निकै वढेको छ । जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार सङ्क्रमित मध्ये १ सय २६ जना कोरोना निको भई सकेको छ । १ सय ७६ जनामा कोरोना रोगको लक्ष्यण देखिएको थिएन । जिल्लामा भेटिएका सङक्रमित मध्ये ६३ जनामा मात्र लक्षण देखा परेको छ ।

    हाल सक्रिय सङक्रमित २ सय ५४ जना रहेका छन् । उनीहरु मध्ये १८ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उचित तरिकाले मास्क लगाउने, भिडभाड नगर्ने, व्यक्ति व्यक्तिबीच सामाजिक दुरी कायम गर्ने, केही छोए पछि साबुन पानी वा स्यानीटाइजरले राम्रोसँग हात धोए कोरोनाबाट जोगिन सकिने प्रशासनले जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई सङ्क्रमित र अन्य सबै बिरामीहरुले सहज उपचार पाउने व्यवस्था मिलाउनका लागि सरकारी र निजी क्षेत्रका अस्पतालहरुको बीचमा समन्वय गर्न संयन्त्र निर्माण भई काम सुरु गरिएको बताउनुहुन्छ । लक्षण नदेखिएका सङ्क्रमितहरुलाई स्थानीयतहको आइसोलेशनमा राख्ने व्यवस्था मिलाइएको छ । उहाँले भन्नुभयो “सङक्रमण रोकथामका लागि स्थानीय तह, वडा तथा टोल सुधार समितिको क्रियाशिलता अझै बढी आवश्यक छ ।”

    भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला र चितवन मेडिकल कलेजको प्रयोगशालामा कोरोना परीक्षण हुँदै आएको छ । सङ्कलित स्वाब मध्ये १५ देखि २० प्रतिशतमा कोरोना पुष्टि देखिने जनाइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.