सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पतालमा पाउन थाले गर्भवतीले सेवा


  •    न्युजभित्तो/९ भाद्र २०७७, मंगलवार १७:५६ 
  • नारायण अधिकारी
    चितवन । भरतपुर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगीलाई कोरोना सङ्क्रमण भएपछि बन्द गरिएको अस्पतालको प्रसूति सेवा सुचारु भएसँगै महिलाहरु लाभान्बित हुन थालेका छन् ।

    अस्पतालले साउन ३२ गते साँझबाट आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको थियो । अस्पतलका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परीक्षण गरि अस्पताललाई पूर्ण निर्मलीकरण गरेर भदौ ४ गते दिउँसोबाट सेवा सुचारु गरेको हो । अस्पताल बन्द गर्नुअघि दैनिक ४० जनाभन्दा वढी प्रसूति गराइँदै आएको थियो । अकस्मात अस्पताल बन्द भएपछि बिरामी प्रभावित भएका थिए ।

    अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गत बुधबार अस्पताल खुलेको दिन अस्पतालमा ३ जनाको प्रसूति गराएकोमा सोमबार एकै दिन १७ जनाले सेवा लिएका छन् । अस्पताल खुलेपछि हालसम्म ५८ जनाको शल्यक्रिया गरेर बच्चा झिकिएको छ । धेरैलाई अस्पताल खुलेको थाहा नभएर अझै आई नसकेको उहाँको भनाइ छ । अस्पतालको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। रामप्रसाद सापकोटाले अस्पताल खुलेसँगै सबैभन्दा बढी मकवानपुरबाट महिलाहरु सेवा लिन आएको बताउनुभयो । चितवन, नवलपरासी, गोर्खा, लमजुङलगायत जिल्लाबाट बिरामी आएको उहाँको भनाइ छ । निजीमा भर्ना हुन सहज छ भने खर्च महङ्गो लाग्ने गर्दछ ।

    साधारण सुत्केरी हुनेले रु २० हजारसम्म र शल्यक्रिया गर्नुपर्दा रु ५० हजारभन्दा बढी खर्च हुने गर्दछ । सरकारीमा प्रसूति सेवा निःशुल्क भएर घर फर्कदा एम्बुलेन्स खर्च समेत पाइन्छ । सापकोटाका अनुसार जिल्लामा सङ्क्रमण देखिए यता भरतपुर अस्पतालको प्रसूति विभागका प्रमुख डा। सुनिलमणी पोख्रेलवाहेकलाई सङ्क्रमण भएको छैन । त्यहाँ कार्यरत २२ मध्ये २१ चिकित्सक र ४० नर्ससहित सहयोगीहरु सबै सुरक्षित छन् । यो संगै उपचारका लागि यहाँ आएका गर्भवती एवम् महिला पनि सुरक्षित रहेका छन् । उहाँले भन्नुभयो “हामीले स्वास्थ्य मन्त्रालयको निर्देशिका र मापदण्ड सकेसम्म पालना गरि उपचार गरिरहेका छौ ।” अन्यत्र भन्दा हामीले वढी सुरक्षा सतर्कता अपनाउने गरेको हुँदा नै आजसम्म सङ्क्रमणबाट बच्न सकेको उहाँको भनाइ छ ।

    परोपकार प्रसूति गृहपछि देशकै धेरै सुत्केरी हुने ठाउँ भरतपुर अस्पताल हो । यहाँ वार्षिक १३ हजार हाराहारी सुत्केरी हुने गर्दछन् । अनुभवी चिकित्सक, नर्स र सहयोगी भएकै कारण जिल्लामा अन्यत्र काम गर्ने चिकित्सकहरुले समेत आफ्ना श्रीमती र आफन्त भरतपुर अस्पतालमा नै सुत्केरी गराउने गरेको पाइन्छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीले अब कोरोना सङ्क्रमण भएका सुत्केरी र अन्य बिरामीको पनि शल्यक्रिया गर्नुपरेमा यही गर्नुपर्ने भएकाले तयारी गरिदैं गरेको बताउनुभयो । उहाँका अनुसार सङ्क्रमितलाई छुट्टै बच्चा जन्माउने कक्ष र शल्यक्रिया कक्ष तयार गर्न लागिएको छ ।

    अधिकारीले छोटो समय सेवा वन्द गर्नुपर्दा धेरैले दुःख पाएको भन्दै अब सरकारी अस्पतालको सेवा सकेसम्म बन्द नहुने वताउनुभयो । उहाँले भन्नुभयो, “हामीले शुरु देखिनै सङ्क्रमितको उपचार गरेकाले आवश्यक सतर्कता अपनाएकै कारण यहाँ बिरामी सुरक्षित भएका हुन ।” अन्य अस्पतालमा बिरामी सङक्रमित भएको भए पनि सरकारी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिदासमेत बिरामीमा सङ्क्रमण फैलन पाएको छैन । अधिकारीका अनुसार अहिले अस्पतालको वहिरङ्ग बाहेकका सेवा शुरु भएका छन् । निषेधाज्ञाका कारण वहिरङ्गमा आउने थोरै बिरामीलाई आकस्मिकबाट सेवा दिइएको छ । 

    निजीले उपचार गर्न नमान्ने हुँदा कतिपय बिरामीको उपचार सरकारीमा मात्र गर्नुपर्ने हुन्छ । भरतपुर अस्पतालमा सघन उपचार कक्षको क्षमता कम भएकाले कतिपय बिरामी निजीमा पठाउनु पर्ने भएपनि अन्यलाई उपचारमा कुनै रोक नहुने अधिकारीको भनाइ छ । सरकारीका चिकित्सक र स्वास्थ्यकर्मीले आलोपालो गरेर सेवा दिइरहेका छन् । यहाँ चितवनसहित १९ जिल्लाका बिरामीले सेवा लिने गरेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.