सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा पर्याप्त छैनन् भेन्टिलेटर र आइसियू


  •    न्युजभित्तो/८ भाद्र २०७७, सोमबार १७:४८ 
  • कृष्ण आचार्य
    भरतपुर । चितवनमा कोभिड १९ का सङ्क्रमितको सङ्ख्या बढेसँगै आइसियू शय्या र भेन्टिलेटर अभाव हुने चिन्ता शुरु भएको छ । कोरोनोका गम्भीर बिरामीलाई उपचारका लागि सहज बनाउने महत्वपूर्ण मानिएका ती दुई महत्वपूर्ण उपकरण थप्नेतर्फ सम्बन्धित निकायको ध्यान अहिलेसम्म नजाँदा उपचारमा समस्या आउने जनाइएको छ ।

    जिल्लामा सोमबारसम्म सङ्क्रमितको सङख्या ३६८ पुगेको छ भने कोरोना सङ्क्रमबाट हालसम्म तीन जनाको अकालमा मृत्यु भएको छ । जिल्ला र बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आउनेसमेत गरी दैनिक ४० भन्दा बढी सङ्क्रमित थपिने क्रम जारी रहेको छ । चिकित्सकीय सेवाको शहरका रुपमा परिचित जिल्लामा एक केन्द्रीय सरकारी अस्पताल, एक प्रादेशिक अस्पताल, दुई मेडिकल कलेज, एक क्यान्सर अस्पताल र दुई दर्जन बढी साना ठूला अस्पताल छन् । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो अवस्थामा रहे पनि तयारी भने फितलो छ । जिल्लाको सरकारी भरतपुर अस्पतालमा पर्याप्त आइसोलेशन नभएका कारण केही सङ्क्रमित होम आइसोलेसनमा बसेका छन् । सङ्क्रमित घरघरमै बस्न थालेपछि बल्ल पालिकाहरु धमाधम आइसोलेसन बनाउने तयारीमा जुटेका छन् ।

    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले गत वैशाख महिनासम्मको तथ्याङ्कअनुसार जिल्लाका अस्पतालमा २४३५ शय्या छन् । तीमध्ये १७६ आइसियू र ४९ भेन्टिलेटर छन् । यो क्यान्सर अस्पतालबाहेकका अस्पतालको तथ्याङ्क भएको उहाँले बताउनुभयो । भरतपुर अस्पतालमा ३० शय्याको आइसियू छ । यसमा १० कोभिड र २० ननकोभिडका लागि छुट्याइएको छ । अस्पतालमा रहेका छ भेन्टिलेटरमध्ये दुई वटा कोभिडका लागि प्रयोग गरिएको छ । “सामान्य अवस्थामा यो पर्याप्त हो”, अस्पताल विकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीले भन्नुभयो” तर कोभिडका बिरामी बढ्दै जाँदा आइसियू र भेन्टिलेटरको अभाव हुने देखिन्छ ।” यो अवधिमा कुनै पनि अस्पतालले आइसियू र भेन्टिलेटर थप नगरेको उहाँले जानकारी दिनुभयो । “सङ्क्रमितका जीवनरक्षाका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरणहरु तयारी अवस्थामा राख्नुपर्छ, त्यसका लागि प्रदेश र संघीय सरकारसँग कुरा गरेका छौं”, उहाँले भन्नुभयो । गम्भीर बिरामीको उपचारका लागि आइसीयू र भेन्टिलेटर आवश्यक पर्ने भएकाले लक्षण नभएका, सामान्य लक्षण भएका सङ्क्ररमित घरकै आइसोलेसनमा बस्न सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    िबपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा।देजकुमार गौतमले अस्पतालमा रहेको भेन्टिलेटर र आइसियू पर्याप्त नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “क्यान्सर अस्पतालमा १५ श्य्याको आइसियू कक्ष छ, थप २० बढाउन सक्ने क्षमता हामीसँग छ ।” उहाँले आवश्यक परेको खण्डमा त्यसका लागि पनि तयार रहेको जानकारी दिनुभयो । “क्यान्सर अस्पतालमा अहिलेसम्म कोरोनाका सङ्क्रमितको उपचार गरेका छैनौं”, उहाँले भन्नुभयो “स्वाब परीक्षणका लागि ल्याब सञ्चालनको तयारीमा छौं ।” आवश्यक परेका खण्डमा भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित र क्यान्सर अस्पतालमा ननकोभिडको उपचार गर्न सकिने उहाँले बताउनुभयो । “मान्छेको ज्यानभन्दा ठूलो कुरा केही होइन”, उहाँले भन्नुभयो, “यो समयमा सबै कुराका लागि तयार हुनुपर्छ ।”

    जिल्लामा सबैभन्दा धेरै भेन्टिलेटर चितवन मेडिकल कलेज ९सिएमसी० मा छन् । सैँतीस भेन्टिलेटर आफूहरुसँग रहेको कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा। हरिशचन्द्र न्यौपाने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “थप ३० भेन्टिलेटर ल्याउने तयारीमा छौं ।” अस्पतालमा रहेका भेन्टिलेटर खाली नरहेको जनाउँदै उहाँले कोभिडका बिरामीलाई उपलब्ध गराउन नसकिने जानकारी दिनुभयो । जिल्लाको अर्को कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज० मा ५० श्य्याको आइसियू कक्ष र १० भेन्टिलेटर छन् । यी दुवै मेडिकल कलेजले कोभिडका बिरामी राखेर उपचार गरेका छैनन् ।

    नारायणी सामुदाियक अस्पतालका अध्यक्ष डा भक्तमान श्रेष्ठले अस्पतालमा रहेका भेन्टिलेटर कोभिडका बिरामीका लागि प्रयोग गर्न सकिने अवस्था नरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्य नियमित बिरामीका लागि नै भेन्टिलेटर पर्याप्त छैन, कोभिडका लागि त झन् अभाव छ ।” अस्पतालका पाँच भेन्टिलेटरमध्ये तीन आइसियू र दुई वटा अप्रेशन थ्रियटरमा प्रयोग हुने गरेको उहाँले बताउनुभयो । दुई श्य्या बराबर एक आइसियू हुनुपर्ने अन्तर्राष्ट्रिय प्रवधान रहेको उहाँले उल्लेख गर्नुभयो । आइसियू खर्चिलो रहेका कारण पनि अस्पतालमा पर्याप्त राख्न नसकिएको उहाँको भनाइ छ ।

    पछिल्लो दिनमा जिल्लामा सङ्क्रमित बढ्दै गएका छन् भने सङ्क्रमितमा लक्षण पनि देखिने गरेको छ । समुदायमा फैलिएको कोरोनाको प्रभाव वृद्ध, दीर्घरोगी, बालबालिका र सुत्केरीमा परेमा धेरै आईसियू र भेन्टिलेटरको आवश्यक पर्ने विज्ञ बताउँछन् । यसका लागि जिल्लामा तयारी पर्याप्त भएको उहाँहरुको भनाइ छ । सम्भावित महामारीलाई लक्षित गरी समयमै आईसियू र भेन्टिलेटरको व्यवस्था गर्नेतर्फ सम्बन्धित निकायका ध्यान जानुपर्ने विज्ञ बताउँछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.