सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा एकै दिन ४१ जनामा कोरोना संक्रमण


  •    न्युजभित्तो/८ भाद्र २०७७, सोमबार ०८:०६ 
  • चितवन । जिल्लाका दुई वटा ल्याबमा आईतबार गरिएको परीक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । ती ल्याबमा आईतबार दिउँसो, राती र सोमबार बिहान प्रकाशित तीन वटा फरक फरक सूचनामा अनुसार संक्रमितको संख्या ४१ पुगेको हो ।

    चितवन मेडिकल कलेजको कोभिड ल्याबमा आइतबार गरिएको परीक्षणमा चितवनका १४ जनासहित २० जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुरका छन् ।

    उनीहरु मध्ये भरतपुर–१ का ७४ वर्षीया महिला र २३ वर्षीया पुरुष, भरतपुर–२ का ३१ वर्षीय पुरुष, भरतपुर–३ का ३१ वर्षीय पुरुष, भरतपुर–५ का २२ र ३३ वर्षीया दुई महिला, भरतपुर–९ का ४३ वर्षीया पुरुष, भरतपुर–१० की २३ वर्षीया महिला, भरतपुर–११ का ३५ र ५२ वर्षीय दुई पुरुष, भरतपुर–१५ का २० वर्षीय पुरुष, भरतपुर–१६ का २० वर्षीया महिला, भरतपुर–२८ का ६२ वर्षीय पुरुष र खैरहनी–१२ की ३० वर्षीया महिला रहेका छन् ।

    यस्तै भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार राति १० बजेसम्म गरिएको परिक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा सबै भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिका वडा नं. ७, ९, १०, ११ र १२ का ५ जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिनुभयो् ।

    संक्रमित पुरुषहरु १९ देखि ४२ वर्ष उमेर समूहका छन् भने संक्रमित महिलाहरु ५ वर्षीया बालिकादेखि ५५ वर्ष उमेर समूहका छन् । उनीहरुको भरतपुर महानगरपालिकाको क्वारेन्टिन र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको हो ।

    आईतबार दिउँसो चितवनका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । चितवनका ७ जना बाहेक सर्लाही र तनहुँका एक/एक जनामा संक्रमण पुष्टि भएको थियो । योसंगै चितवनमा एकैदिन ४१ जनामा संक्रमण पुष्टि भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.