सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना विरुद्ध खटिनेहरुको सम्मानमा तालि बजाउन चितवनका युवाहरुको आव्हान


  •    न्युजभित्तो/७ भाद्र २०७७, आईतवार ११:२३ 
  • चितवन । कोरोना रोग नियन्त्रणको अग्रपंक्तिमा रहेर काम गर्नेहरुको सम्मानमा आज आईतबार साँझ तालि बजाउन युवाहरुले आव्हान गरेका छन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी तथा सरसफाईकर्मीहरूलाई हौसला प्रदान गर्न चितवनका युवाहरुले साँझ ७ बजे तालि बजाउन आव्हान गरेका हुन् ।

    ‘हिजो आफ्नो घरमा मानिस राख्दा डाक्टर, नर्स, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बस्छन् भनेर गर्व गर्ने घरबेटीले आज उनीहरुकै मनोबल घटाउन लागिपरेको अवस्था आएकोले उनीहरूको मनोबल उच्च पार्दै सम्मान र हौसलाका लागि आइतबार बेलुकी ७ बजे आआफ्नो घरको बार्दली वा आँगनबाट उनीहरूको सम्मानमा ताली बजाउन आव्हान गरिएको छ । उनीहरूको सम्मानमा बजाइएको तालीले आफूप्रतिको सम्मान भएको ठान्दै गौरवको महसुस हुने आयोजकले विश्वास लिएका छन् ।

    केही दिन यता जिल्लामा संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई आत्मसम्मानमा ठेस पुग्ने गतिविधि भएपछि युवाहरुले त्यस्ता गतिविधिलाई निरुत्साहित गर्न अभियान सञ्चालन गरेका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.