सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आइसोलेसन बनाउने तयारीमा चितवनका स्थानीय तह


  •    न्युजभित्तो/६ भाद्र २०७७, शनिबार १३:१३ 
  • नारायण अधिकारी
    चितवन । जिल्लामा कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेपछि बल्ल यहाँका स्थानीयतहले धमाधम आइसोलेसन श्यय बनाउन शुरुआत गरेका छन् । कोरोनाको लक्षण नदेखिएका बिरामी राख्न आइसोलेसन स्थल बनाउन थालेका हुन् । भरतपुर महानगरपालिकाले वागेश्वरी, पूर्वी चितवनका चार नगरपालिकाले रत्ननगर र माडी नगरपालिकाले छरछरेमा आइसोलेसन बनाउन थालेका छन् ।

    भरतपुरले योगी नरहरीनाथ आश्रम परिसरमा रहेको प्राकृतिक चिकित्सालयमा अगामी आइतबारदेखि सञ्चालन गर्ने गरी आइसोलेसन तयार गर्दै छ । रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाले सयुक्त व्यवस्थापन गर्ने गरी रत्ननगर ५ झुवानीमा आजबाट आइइसोलेसन सञ्चालन गर्ने जनाएका छन् । माडी नगरपालिकाले माडीले ५ छरछरेमा यसअघिनै आइसोलेसन तयार गरेको थियो । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा एक जना मात्र सङक्रमित भरतपुरमा अस्पताल रहँदा सङक्रमित देखिएकाले आइसोलेसन बनाइसकेको छैन ।

    भरतपुर महानगर प्रमुख रेनु दाहालले वागेश्वरीको योगी नरहरीनाथ आश्रम भित्रको प्राकृतिक चिकित्सालयमा आइसोलेसन तयार गर्न लागेको जानकारी दिनुभयो । यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अन्तिम छलफलमा रहेको उहाँको भनाइ छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले वागेश्वरी आइसोलेसनमा तत्काल ९० जना र पछि २ सय जनासम्म राख्न सकिने बताउनुभयो । प्राकृतिक चिकित्सालयलाई व्यवस्थापकीय जिम्मेवारी दिन लागिएको उहाँको भनाइ छ ।

    पूर्वी चितवनका चार नगरपालिकाले कोरोनासँग संयुक्त रुपमा जुध्ने प्रण गरेका छन् । रत्ननगर नगरपालिका प्रमुख नारायण वनका अनुसार रत्ननगर ५ झुवानीस्थित कृषि सहकारीको तालिम केन्द्रमा ६२ श्ययाको आइसोलेसन आजबाट सुरु गरिदैं छ । आवश्यक भएमा सोही ठाउँमा १०० जना राख्न सकिने उहाँले बताउनुभयो । राप्ती नगरपालिका प्रमुख प्रभा वरालले विरामी थपिदैं गएमा आइसोलेसन विस्तार गरिदैं लगिने जानकारी दिनुभयो ।
    नेपाली सेनाको सैनिक आवासीय मावि, गुञ्जमान अस्पताल, राधास्वामी सस्था लगायतका स्थानहरुमा पनि सम्भावित आइसोलेसन राख्ने तयारी ती नगरपालिकाले गरेका छन् । पूर्वी चितवनको रत्ननगर वकुलहर अस्पतालमा भेन्टिलेटर सहितको सघन उपचार कक्ष र पिसिआर परीक्षण प्रयोगशाला स्थानपनाका लागि वागमती प्रदेशसंग पनि उनीहरुले माग गरेको जनाएका छन् ।
    माडी नगरपालिका प्रमूख ठाकुर ढकालका अनुसार छरछरेमा २० जना क्षमताको सामुदायिक भवनलाई आइसोलेसन बनाइएको हो । त्यहाँ कोठामै शौचालय रहेका १० वटा कोठा छन् । विरामी बढेमा थप ठाउँ व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो । यस्तै पूर्वी चितवनको राप्तीमा रहेको शशस्त्र प्रहरी वल नेपाल नम्बर ३ गढीमाई वाहिनिको भित्र आइसोलेसन बनाइएको छ । वाहिनिमा हाल ४९ जना सशस्त्रका सङक्रमित रहेको र उनीहरुलाई विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार राखिएको वाहिनि प्रमुख सशस्त्र प्रहरी नायब महानिरिक्षक मन्दिप श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सङक्रमित, आशंका गरी स्वाब सङकलन गरी नतिजा पर्खिएका र अन्यलाई फरक फरक स्थानमा राखिएको छ ।

    स्थानीय तहहरुले सञ्चालन गरेको आइसोलेसनमा स्वास्थ्यका कर्मचारी, सुरक्षाकर्मी, एम्बुलेन्स तयारी अबस्थामा राखिने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म जिल्लामा एकसय १३ सङक्रमित निको भएको, १ सय ८६ सक्रिय सङक्रमित रहेको र तीन जनाको मृत्यु भएको छ । कुल सङक्रमितको सङख्या ३ सय २३ पुगेको छ । भरतपुर अस्पताल मेडिकल कलेज र निजी अस्पतालमा पनि हाल सङक्रमित रहेका छन् । लक्षण नदेखिएका सङक्रमितलाई अब अस्पतालमा भर्ना नगरी स्थानीय तहका आइसोलेसनमा राखिने भएको छ । सरकारले लक्षण नदेखिएका बिरामीलाई अस्पतालमा नराख्ने निणर्य गरेको छ ।

    प्रजिअ भट्टराईले सबैलाई निषेधाज्ञाको पालना गर्न जिल्लबासीसँग विशेष अनुरोध गर्नुभएको छ । जिल्लामा दोस्रो हप्ताको निषेधाज्ञा आजबाट सुरु भएको छ । यहाँ देशका बिभिन्न क्षेत्रबाट बिरामीहरु उपचारका लागि र कामदारहरु काम गर्नका लागि आउने भएकाले कोरोना सङक्रमण दैनिक बढ्दै गएको जनाइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.