रत्ननगर बकुलहर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बगाले कोरोनामुक्त
न्युजभित्तो/६ भाद्र २०७७, शनिबार ११:०१
चितवन । रत्ननगर बकुलहर अस्पताल रत्ननगरका मेडिकल सुपरिटेण्डेन्ट डा।विश्वबन्धु बगालेले कोरोनालाई जित्न सफल हुनु भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा डा।बगालेको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।
भरतपुर अस्पतालबाट स्वाब दिनुभएका डा।बगालेको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ । डा।बगालेलाई १२ दिन अघि गरिएको परिक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि घरकै आईसोलेसनमा बस्नुभएको छ । कार्य क्षेत्रमै खटिएका बेलामा उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
उहाँसंगै परीक्षणका क्रममा श्रीमतिको भने पुनः सङक्रमण देखिएको बगालेले जानकारी दिनुभयो । आईसोलेसनमानै रहेका छोराको भने नतिजा नेगेटिभ आएको छ । रासस
चितवन । रत्ननगर बकुलहर अस्पताल रत्ननगरका मेडिकल सुपरिटेण्डेन्ट डा।विश्वबन्धु बगालेले कोरोनालाई जित्न सफल हुनु भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा डा।बगालेको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।