सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा थपिए २० कोरोना संक्रमित


  •    न्युजभित्तो/६ भाद्र २०७७, शनिबार ०७:१७ 
  • चितवन । जिल्लामा थप २० जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार गरिएको परीक्षणमा चितवनका २० सहित थप ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

    भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार गरिएको २७० नमूना परीक्षणमा चितवनको भरतपुर, रत्ननगर र राप्तीका गरी २० जना र पूर्वी नवलपरासी, मकवानपुर, बारा, रौतहट, पर्सा, र मकवानपुरका गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख डाा.नितु अधिकारीले जानकारी दिनुभयो ।

    संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ७ जना पुरुष र ९ जना महिला छन् । उनीहरुको भरतपुर अस्पताल र भरतपुर सामुदायिक हस्पिटलबाट स्वाब लिईएको हो । भरतपुर महानगरपालिका वडा नं. २, ७, १० र ११ नम्बर वडाका ती संक्रमितहरु ३ वर्षीया बालिकादेखि ७८ वर्षीय वृद्धसम्मका छन् ।

    यस्तै रत्ननगर नगरपालिकाका ५० वर्षीय पुरुष, राप्ती नगरपालिका वडा नं. २, ८ का ३५, ५५ वर्षीय पुरुष र २६ वर्षीयामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु चितवन मेडिकल कलेजको क्वारेन्टिनमा छन् ।

    यसैगरी पूर्वी नवलपरासी, मकवानपुर, बारा, पर्सा र रौतहटका गरी ६ पुरुष र २ महिलासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजबाट स्वाब लिईएको हो । यस्तै बाँकेको नेपालगञ्जका ५ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । ३५ देखि ४० वर्षीय संक्रमित पुरुषहरुको बागेश्वरी ल्याबाट स्वाब लिइएको हो ।

    जिल्लामा दैनिकजसो कोरोना संक्रमित थपिने क्रम जारी रहेको छ । प्रशासनले निषधाज्ञा जारी गरेर संक्रमण फैलिन नदिने प्रयास गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    • सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.