सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका थप २२ जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि


  •    न्युजभित्तो/५ भाद्र २०७७, शुक्रबार ०९:३१ 
  • चितवन । जिल्लाका थप २२ जना सहित २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख डा.नितु अधिकारीले जानकारी दिनुभयो ।

    संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका वडा नं. २, ७, १० र ११ का ८ पुरुष र ११ महिला गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब संकलन गरिएको थियो । यस्तै राप्ती नगरपालिकाको वडा नं.२ र ८ का गरी थप ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै क्वारेन्टिनमा रहेका थिए ।

    यसैगरि संक्रमण पुष्टि हुनेमा नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एक/एक जनामा संक्रमण पुष्टि भएको डा.अधिकारीले जानकारी दिनुभयो । नवलपुरका ४० वर्षीय पुरुषको मध्यविन्दु अस्पतालबाट स्वाब संकलन गरिएको थियो भने बाँकी तीन जनाको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको थियो । जिल्लामा कुल संक्रमितको संख्या ३०३ पुगेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.